डोटीमा भालुको आक्रमण बाट एक महिला गम्भिर घाइते
दिपायल,साउन २७
डोटीको दिपायल सिलगढी नगरपालिका ७ लेक पाँकरीमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । आइतबार बिहान भालुको आक्रमण बाट पाँकरी ७ लेक गाउकी २२ बर्षीया हिरा बिष्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बिहान ६ बजे शौचालय जाने क्रममा बिष्टलाई भालुले आक्रमण गरेको स्थानिय हिक्मत बिष्टले जानकारी दिए । घाइते महिलाको जिल्ला अस्पताल सिलगढी डोटीमा उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रबक्ता तथा डिएसपी लालबहादुर धामीले बताए । घाईते महिलाको टाउको,मुख र घाटीमा चोट लागेको छ । डोटीमा बर्षेनी जंगली भालुको आक्रमण बाट दजर्नौ स्थानियहरु घाईते हुदै आएका छन् ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया