जाखोर तालको जलकुम्भी सफार्इ गर्ने अभियान सुरु
धनगढी ८ मसिंर । पर्यटकीय स्थल धनगढीको जाखोर तालमा फैलिएको जलकुम्भी हटाउन सुरु गरिएको छ। जलकुम्भी फैलिएपछि ताल क्षेत्र कुरुप बनेको भन्दै आजदेखि जलकुम्भी हटाउन सुरु गरिएको हो।

जिल्ला बनस्पती कार्यालय कैलालीले माछा पालनमा रोक लगाएपछि ताल क्षेत्रमा जलकुम्भी फैलिएको स्थानीयले बताउदै आएका छन्।
धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहभागितमा जलकुम्भी हटाउन सुरु गरिएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, धनगढी उप–महानगरपालिका नृपबहादुर वड, उप–मेयर सुशिला मिश्र भट्ट, कैलालीका प्रहरी नायव उपरिक्षक हरी वली पनि जाखौर ताल पुगेका थिए।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया