सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नमुना गाँउ पहिरोको उच्च जोखीममा
" तल माथी दुबै ठाँउ बाट पहीरो  ७६ परिवार विस्थापित हुने चिन्ता  "

डीबी विष्ट मंसीर ७ बझाङ । तल्कोट गाँउपालीकाको नमुना बस्ति पहीरोको उच्च जोखीममा रहेको छ । तल्कोट गाँउपालीका वडा नम्बर ३ को बस्टि गाँउ पहीरोको उच्च जोखीममा रहेको हो ।

गाँउ भन्दा माथी पट्टी बाट २ वटा सडक र बस्ति भन्दा मुनी सेती नदीले कटाउन गर्दै पहिरो जान थाले पछी नमुना बस्ति उच्च जोखीममा परेको हो । बस्ति भन्दा माथी ताक्लाकोट सडक खन्ड र शाखा सडक निर्माण भए पछी गाँउमा पहीरो लागेको स्थानीय बासिन्दा ७१ बर्षिया कृष्ण रोकायाले बताउनु भयो ।

बस्ति मुनी भएर बग्ने सेती नदीले धार परिवर्तन गरी गाँउ पस्न थाले पछी यहाँका स्थानीय बासिन्दा झन जोखीममा परेको उहाँको भनाई छ । यस बर्खाको समयमा सेती नदीले धार परिवर्तन गरी आफुहरुका कमाई खाने खेत समेत सेती नदीले बगाएको र आधा भन्दा बढी खेती योग्य जमीनमा पहीरो लागेको कुम्भराज रोकायाले बताउनु भयो ।

आफ्नो कमाई खाने खेत समेत तल बाट सेती नदी र माथी बाट सडक कटान कारण पहिरोले पुरे पछी आफुहरुले असुरक्षीत मसुस गरेको उहाँको भनाई छ । ८ सय ४१ जनसंंख्या रहेको यस बस्तिका स्थानीय बासिन्दा बर्खाको समयमा गाँउमा असुरक्षीत महसुस गर्दै गाँउ नै छोडेर लेकमा बस्ने गरेको हर्क रोकायाले बताउनु भयो ।

बर्खाको समयमा बस्ति माथी बाट पहीरो र ढुङ्गा मुडा संगै आउने र मुनी पट्टी पनी नदीले कटान गर्दै पहीरो झर्न थाले पछी गाँउ कती बेला बग्छ भन्ने डरले बस्तिका सबै स्थानीय बासिन्दाहरु लेकमा गएर बस्ने गरेको बताए । विगतका बर्षमा खास्सै त्यती जोखीम नरहेको भए पनी यस बर्ष सेती नदीले धार परिवर्तन गरी गाँउ मुनी पट्टी बाट पहीरो लागे पछी जाखीम बढेको हो ।


यस बस्तीलाई नमुना बस्ति बनाउनका लागी जनसंख्या तथा बातावरण मन्त्रालयले जनश्रमदान सहीत २७ लाख ७० हजार बजेट विनीयोजन गरी केही कामको समेत सुरुवाती भै सकेको स्थानीय बासिन्दाहरुले बताएका छन् । नमुना बस्ति बनाउनका लागी गाँउपालीका, वडा पालीका र विभीन्न संघ संस्थाहरुले समेत सहयोग गरेको यहाँका स्थानीय बासिन्दाले बताएका छन् । नमुना बस्ति विस्तरका लागी भन्दै ६ वटा सिचाई ट्याङ्की घर घरमा पानीका धारा, सुधारीएका गोठ, बगैचा निर्माण करेसाबारी निर्माण भै रहेका छन् । तर नमुना बस्ति हुुने भन्दै खुःसी भएका यहाँका स्थानीय बासिन्दामा अहिले निरासा छाएको छ ।

नमुना बस्ति नभए पनी बस्ति बचाउनका लागी सहयोग गरी दिन भन्दै वडा पालीका र गाँउपालीका आफुहरुले धाउन थालेको स्थानीय बासिन्दा हर्क रोकायाले बताउनु भयो ।
यस विषयमा कुनै पनी निकायले पहल नगरेको उहाँको भनाई छ । चारै पट्टी पानीका मुहान र प्रसस्त खेतहरु रहेको यो बस्ति अहिले उच्च जोखीम रहेको भन्दै सम्पुर्ण जनप्रतिनीधीहरुलाई हारगुहार गर्दा समेत आफुहरुको पहुँच नभएका कारण आफ्ना मागहरुको सुनुवाई कसैले पनी नगरेको भन्दै स्थानीयले आक्रोस पोखेका छन् ।


यता वडा नम्बर ३ का वडा अध्यक्ष भरत बोहराले भने प्राकृतीक प्रकोपका कारण गाँउ जोखीममा रहेको आफ्नो क्षेत्र बाट गर्ने सम्पुर्ण पहल गरेको भए पनी गाँउपालीका र प्रदेश सरकारले मागको सुनुवाई नगरेको बताउनु भयो । तर अहिले पनी यस बस्तिलाई बचाउनका लागी आफु निरन्तर रुपमा लागी परेको उहाँको भनाई छ ।
बझाङका सांसदहरुले भने आफु सुहाउदा कार्यकर्ताहरुलाई लाखौको क्षेत्र विकास कोषको रकम बाँड फाँड गरे पनी आफ्नो गाँउमा भने एक पैशा समेत नपरेको गुनासो यहाँका स्थानीय बासिन्दाको रहेको छ ।

  • ७ मंसिर २०७५, शुक्रबार ०५:३९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU