पुनर्वास नगरपालिकाले गर्यो ४० हजार सेनेटरी प्याड वितरण
निराजन परियार । पुनर्वासका सामुदायिक बिद्यालयमा अध्यनरत करिब ४ हजार छात्राहरूलाई एक कार्यक्रम बिच सेनेटरी प्याड वितरण गरिएको छ । शुक्रबार पुनर्वास नगरपालिका २ स्थित सरस्वती माविमा कार्यक्रमको आयोजना गरि कक्षा ६ देखि कक्षा १२ सम्म अध्यनरत छात्राहरूलाई सेनेटरी प्याड वितरण गरिएको हो ।

२७ सामुदायिक बिद्यालय मा ३ हजार ९७ जना छात्राहरूलाई उक्त सेनेटरी प्याड वितरण गरिएको छ । पुनर्वास का २३ वटा सामुदायिक बिद्यालय लाई १ सय २५ बोरामा रहेका ४० हजार सेनेटरी प्याकेट वितरण गर्ने लक्ष्य अनुरूप शुक्रबार सरस्वती मावि बाट सुरु गरिएको थियो ।
पुनर्वास नगरपालिका उप प्रमुख भुलिया कुमारी रानाको विशेष पहल तथा शिक्षा शाखा पुनर्वासको कार्यक्रम अन्तर्गत उक्त सेनेटरी प्याड वितरण गरिएको शिक्षा शाखा प्रमुख शिवराज भट्टले जानकारी दिए । सेनेटरी प्याड वितरण कार्यक्रममा बोल्दै नगर उप प्रमुख रानाले भन्नुभयो बिद्यालय मा अध्यनरत किशोरीहरूलाई महिनावारी हुँदा बिद्यालय मा नियमित आउन असहज हुने समस्या लाई मध्येनजर गरि उक्त प्याड निशुल्करूपमा वितरण गरिएको हो ।
बढ्दो उमेर संगै किशोरीहरूमा हुने मासिक रजस्वला का कारण लज्जित भई तथा आफुलाई असहजता महसुस गरि किशोरीहरू बिद्यालय आउन अफ्ट्यारो मान्ने गर्छन सोही बिषयलाई मध्येनजर गरि हामीले यस्तो कार्यक्रम ल्याएका हौ उप प्रमुख रानाले बताईन । गत आर्थिकबर्ष देखि सुरु गरिएको उक्त प्याड वितरण कार्यक्रम लाई आगामि दिनहरूमा पनि निरन्तरता दिईने रानाले बताईन ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया