सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष  मार्टिन रेजर र सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शिष्टाचार भेट

काठमाडाैं । विश्व बैंक दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष श्री मार्टिन रेजरले आज सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नु भयो । भेटका अवसरमा सम्माननीय प्रधानमन्त्री दाहालले विश्व बैंकसँगको नेपालको ६ दशक भन्दा लामो सहकार्यको स्मरण गर्दै नेपालले विकास प्रक्रियामा भोग्नु परेका जलवायुजन्य चुनौतीहरु र हरित विकासका सम्भावना बारे छलफल गर्नु भयो।


विश्व बैंकले नेपालको आर्थिक तथा सामाजिक विकासमा खेलेको भूमिका प्रति धन्यवाद दिँदै मुख्यत: जलविद्युतको विकासको लागि वित्त व्यवस्थापनमा विश्व वैंकले खेलेको समन्वयकारी भूमिकाको लागि धन्यवाद दिनुभयो।
माथिल्लो अरुण आयोजनाको लागि विश्व बैंकले वित्तीय स्रोत जुटाउन बहन गरेको समन्वयकारी पहलको लागि धन्यवाद दिंदै नेपाल सरकारको प्राथमिकतामा रहेको सो आयोजना कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गरिँदा अन्य आयोजनाहरुमा स्रोतको कमी हुन नदिने तर्फ ध्यानाकर्षण गराउनु भयो।


नेपालको जलविद्युत विकासबाट नेपाल मात्र नभई छिमेकी मुलुकहरु – भारत तथा बंगलादेश समेत लाभान्वित हुने साथै हरित र स्वच्छ उर्जाको विकासबाट जलवायु परिवर्तनका असरहरु न्यूनीकरण भै क्षेत्रीय तथा विश्वका सबै जनताले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभ पाउने बताउनुभयो ।
हालै भएको भारत भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा नेपाल भारत दीर्घकालीन सम्झौता मार्फत आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत लैजाने घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै यसले जलविद्युत विकासमा नयाँ संभावना खोलेको बताउनु भयो साथै नेपालको जलविद्युत विकासमा सहकार्य गर्न बंगलादेशसंग पनि छलफल भैरहेको जानकारी गराउनु भयो ।
भेटका क्रममा बैंकका उपाध्यक्ष श्री मार्टिनले नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्दो सहयोग गर्न विश्व बैंक सधै तत्पर रहेको बताउँदै उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्न सुझाव दिनुभयो । सुधारका क्षेत्रमा हातेमालो गर्न विश्व बैक सधै अग्रसर हुने प्रतिबद्धता जनाउनुभयो ।
सो अवसरमा विश्व वैंकका तर्फबाट पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष श्री वांग्जी चेन, उपक्षेत्रीय निर्देशक श्री फारिस हद्दाद जर्भोस लगायत विश्व बैंक तथा अर्थ मन्त्रालयका अधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

  • २६ जेष्ठ २०८०, शुक्रबार ११:५७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU