सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

वडा कार्यालय द्वारा बिद्यालय लाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

धनबहादुर बिक, पुनर्वास । पुनर्वास नगरपालिका वडा नम्बर ६ द्वारा बिद्यालय लाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । पुनर्वास नगरपालिका ६ स्थित जीवन ज्योति माद्यामिक बिद्यालय लाई वडा कार्यालय द्वारा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको हो । बालबालिका का लागि झुला चिप्लेटि , पिङ , प्लास्टिक सिसा , प्लास्टिक चराहरू , बस्ने कुसन क्यारेमबोर्ड , कार्यक्रम का लागि साउण्ड सिस्टम लगायत एक लाख रकम बराबरको शैक्षिक तथा खेलकुद सामाग्री बिद्यालय लाई हस्तान्तरण गरिएको थियो ।

शैक्षिक सामाग्री ले साना बालबालिकालाई पठनपाठनमा प्रत्यक्ष सहयोग मिल्नेगर्छ भने खेलकुद सामाग्री ले बालबालिकालाई स्वास्थ्य मा विकास हुनुका साथै अनुसासित बनाउन सहयोग मिल्ने बिषयलाई मध्येनजर गरि वडा ले जीवन ज्योति माविलाई गरेको यश प्रकारको सहयोग ले बिद्यालय लाई सकारात्मक टेवा पुग्न सक्ने पुनर्वास नगरपालिका पुर्व उपमेयर सारदा बिष्ट धामि ले बताउनुभयो । शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम को प्रमुख अतिथि समेत रहनुभएकि बिष्टले आफू निवर्तमान रहेपनि वडामा हुने हरेक विकास निर्माण का साथै हरेक क्रियाकलाप मा आफ्नो भुमिका निरन्तर रहिरहने बिष्टले बताउनुभयो बिद्यालय को प्रगति का लागि वडा ले गरेको शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिनु आफैमा सकारात्मक पक्ष रहेको पुर्व शिक्षक महेन्द्र बहादुर बस्नेतले बताए ।

वडा कार्यालय बाट बिद्यालय लाई यसरी शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको पहिलोपटक भएको महसुस गरेको छु जुन अत्यन्तै रचनात्मक कार्यक्रम रहेको पुर्व शिक्षकदोजराज घिमिरे ले बताए । वडाबाट वितरण गरिएको शैक्षिक तथा खेलकुद सामाग्री को सहिरूपमा सदुपयोग होस समाजसेवी हरि प्रसाद अधिकारी ले आफ्नो भनाइमा राखे । बिद्यालय मा के कस्तो समस्या छ भनेर वडाले सम्पर्क गरेपछि साना बालबालिका को लागि शैक्षिक तथा खेलकुद सामाग्री आवस्यक रहेको जानकारी गराईएपछि वडा कार्यालय बाट उक्त सामाग्री प्राप्त भएकोमा प्र अ भरतकुमार बस्नेत वडा कार्यालयलाई धन्यवाद दिएका छन ।

आगामी दिनहरूमा पनि बिद्यालय लाई आवस्यक पर्ने भौतिक पुर्वाधार सहयोग को अपेक्षा गरेको प्र अ बस्नेतले भने । बिद्यालय को प्रगति र उन्नति प्रति आफू सदैब सकारात्मक रहेको बिद्यालय अध्यक्ष बिजयराज हमाल ले बताए । अघिल्लो आर्थिक बर्षमा विनियोजित गरिएका विभिन्न विकासका कार्यक्रम हरू सम्पादन र आगामि आर्थिक बर्षका लागि नयाँ योजना हरू बन्दै गरेको अवस्थामा वडावासीबाट सुझाव सल्लाह को अपेक्षा गरेको वडा अध्यक्ष मित्र सिंह लामाले अनुरोध गरेको आफ्नो भनाइमा व्यक्त गरे । धेरै को विकास भन्न बित्तिकै सडक , बिजुली बत्ति लाई मात्रै बुझ्ने गरिन्छ तर भोलिको सुनौलो भबिष्यका लागि शिक्षा र स्वास्थ्य मा विशेष ध्यान दिनुपर्ने आवस्यकता लाई मध्येनजर गरि जीवन ज्योति माविलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष लामाले बताए । कार्यक्रम को सञ्चालन वडा सचिव सरस्वती बिष्टले गरेकि थिईन ।

  • २५ जेष्ठ २०८०, बिहीबार ०५:१५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU