परराष्ट्र मन्त्री नारायण प्रकाश साउदलाई पुनर्वासमा स्वागत
धनबहादुर बिक पुनर्वास । नेपाल सरकार का परराष्ट्र मन्त्री माननिय नारायण प्रकाश साउद ज्यू लाई पुनर्वास मा स्वागत गरिएको छ । सोमबार पुनर्वास नगरपालिका को सभाहलमा मन्त्री साउँदलाई सफल कार्यकालको शुभकामना तथा बधाई कार्यक्रम को आयोजना गरिएको हो । स्वागत समारोह लाई सम्बोधन गर्दै मन्त्री साउदले पुनर्वासको समग्र विकास का लागि आफु कहिल्यै पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पुनर्वास आउदा आफ्नै घर आएको आफुलाई महसुस हुने गरेको भनाई राख्दै पुनर्वासको सिमा विबाद समस्या समाधान छोटी भन्सार पुनर्स्थापना , दोंदा नदि तटबन्ध , दोंदा नदिमा रहेको पुल को स्तरोन्नति गरि थप अर्को पुल निर्माण , शिक्षा , स्वास्थ्य खानेपानी स्तरोन्नति तर्फ बिशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नवनिर्वाचित परराष्ट्रमन्त्री लाई बधाई तथा शुभकामना व्यक्त गर्दै एन पी साउँद मन्त्री हुँदा आगामी २० बर्ष सम्म पुनर्वासी जनताले सम्झिने वातावरण सृजना गर्नुहुनेछ भनी अपेक्षा गरिएको छ सुदूरपश्चिम प्रदेशसभा सदस्य बिरबहादुर थापाले आफ्नो भनाईमा व्यक्त गरे ।

थापाले कञ्चनपुरको तिनवटै निर्वाचन क्षेत्रबाट निर्वाचित चारजना सांसदहरू लाई हालसम्म पनि कुनै जिम्मेवारी नदिएको र आफुहरू बेरोजगार अवस्थामा रहेकोले केन्द्र सरकार बाट राजनितीक समस्या सुल्झाउन सांसद थापाले आग्रह गर्नुभयो । कार्यक्रममा पुनर्वास नगरपालिका मेयर तोया प्रसाद शर्माले शुभकामना व्यक्त गर्दै पुनर्वासको समग्र विकासको ३ पेजमा उल्लेख गरिएको ज्ञापनपत्र परराष्ट्रमन्त्री साउदलाई पृश गर्नुभएको थियो ।

पुनर्वास नगरपालिका कि उपमेयर भुलिया कुमारी रानले स्वागत मन्तव्य राख्दै परराष्ट्रमन्त्री भए लगत्तै पुनर्वास मा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । भारतिय सिमा नाका संग जोडिएको पुनर्वास मा लामो समयदेखि सिमा अतिक्रमण समस्या कायमै छ । विकासको दृष्टिकोणले धेरै सम्भावना रहेपनि केन्द्र सरकार को दृष्टिकोण बाट ओझेलमा रहेकोले विकास ले फड्को मार्न सकेको छैन । कार्यक्रममा सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय दिवान सिंह बिष्ट , संविधानसभा सदस्य तथा सुदूरपश्चिम प्रदेशसभा सदस्यीय माननीय बहादुर सिंह थापा , सभासद माननीय गिता चौधरी , भिमदत्त नगरपालिका मेयर पदम बोगटी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पुनर्वास नगरपालिका प्रवक्ता तुलसी अर्यालले गरेका थिए ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया