घरमा कोही नभएको मौकामा, लाखौ धनमालको चोरी
डीबी विष्ट मंसीर ५ बझाङ । घरमा कोही पनी नभएको मौका छोपेर लाखौ रुपैया बराबरको धनमालको चोरी भएको छ ।
बुंगल नगरपालीका वडा नम्ब ११ खडक बोहराको घर बाट नगद १ लाख ५० हजार, २ तोला सुन, ३ थान काँसको थाली, ६ थान पितलको लोटा र २५ हजार बराबरका लुगा कपडाहरु चोरले चोरेर लगेको जनाईएको छ ।
आफुहरु घरमा नभएको मौका छोपी आईतबार मुल ढोकामा लगाएको ताला फुटालेर कोठा बाट उक्त नगद सहीत अन्य भाँडा कुडा चोरी गरेको खडक बोहराले बताउनु भयो ।
कोठामा बैतडी जिल्ला पुर्चौडी नगरपालीकाको बेलाशैन बस्त्रालय एण्ड सप्लायर्स पुर्चौडी बसन्तपुर बैतडी ठेगाना लेखीएको २ सय ५७ नम्बरको विल फेला परेको बुंगल नगरपालीका वडा नम्बर ११ का वडा अध्यक्ष राम बहादुर बोहराले बताउनु भयो ।
मंगलबार बोहराले वडा कार्यलयमा उजुरी गरे पछी थप अनुसन्धानका लागी सहयोग गरु िदिन भन्दै वर्डापालीकाको सिफारीस सहीत ईलाका प्रहरी कार्यलय झापा पठाईएको वडा अध्यक्ष बोहराले जानकारी दिनु भयो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया