सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

युगज्योती एकेडेमीको रजत जयन्ती,अतिरिक्त क्रियाकलापदेखि सम्मान

धनबहादुर बिक पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका–६ मा अवस्थित युगज्योति एकेडेमीले रजत जयन्ती मनाईएको छ । सोमबार विविध कार्यक्रमका साथ बिधालय स्थापनाको २४ औं बसन्तलाई बिदाई गर्दै २५ औं स्थापना दिवस तथा रजत जयन्ती भव्य रुपमा मनाईएको हो।

बिद्यालयका संस्थापक अध्यक्ष बिश्वनाथ बिष्टको सभाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य तारालामा तामाङको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको बिशिस्ट अतिथिमा राष्ट्रिय सभा सदस्य ईन्दु कडरिया बिष्ट आसिन हुनुहुन्थ्यो भने, अतिथीमा पूर्व नगर प्रमुख जिवनराज थापा, रामपुर क्याम्पसका सह– प्राध्यापक ईश्वरीप्रसाद कडरीया लगायतका व्यक्तित्वहरु आसिन रहनुभएको थियो ।

रजत जयन्तीको उद्धघाटनका क्रममा प्रमुख अतिथी प्रतिनिधिसभा सदस्य तामाङले बिद्यालयको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुहुँदै अन्य निजि विधालयहरुको तुलनामा यस बिधालयले धेरै प्रगती गरेको बताउनुभयो । त्यस्तै बिशिष्ट अतिथी राष्ट्रिय सभा सदस्य कडरीयाले शिक्षामा निजि बिधालयहरुको योगदानले सरकारलाई ठुलो राहत पुगेपनि सरकारले हेर्ने नजरिया भने फरक रहेको बताउनुभयो ।

उहाँले निजि बिधालयहरु पनि उधोग व्यवसाय हुन अरुलाई सरकारले अनुदान दिन्छ तर सरकारले निजि बिधालयका लागि कुनै अनुदानका कार्यक्रम अहिलेसम्म ल्याउन नसकेको सुनाउनुभयो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई प्रमाणपत्र र दोसल्लाले सम्मानसँगै मायाको चिनो र विभिन्न बिद्यामा उत्कृष्ट बिधार्थीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

चैत्र २९ गते समापन हुने रजत जयन्ती कार्यक्रममा अन्तर विद्यालय स्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता, विद्यालय स्तरीय हाजिरी जवाफ , नेपाली र अङ्ग्रेजी हिज्जे प्रतियोगिता सञ्चालन हुने प्रिन्सिपल खेमराज श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा बिबिध सांस्कृतिक कार्यक्रम को समेत आयोजना गरिएको थियो । बिधालयका प्रीन्सिपल खेमराज श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु गरिएको कार्यक्रमको सञ्चालन शिक्षकद्वोय शम्भु पौडेल र कर्णदेव भट्टले गर्नुभएको थियो ।

  • २८ चैत्र २०७९, मंगलवार १५:०० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU