सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुदूरपश्चिममा कोरोना ग्राफ बढ्दै, दुई सातामै थपिए एक सय संक्रमित

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिममा कोरोना संक्रमण पुनः बढ्दै गएको छ। प्रदेशभित्र दुई साता नपुग्दै संक्रिय संक्रमितको संख्या एक सय नाघेको छ। सबैभन्दा बढी भारतबाट फर्कनेहरुमा कोरोना देखिने गरेपछि सीमा क्षेत्रमा कोरोना परिक्षण गर्ने काम तीव्र पारिएको प्रदेश स्वास्थ्य निर्देशनालयको दाबी छ। संभावित महामारीलाई मध्यनजर गरी परिक्षण तीव्र पारिएको अधिकारीहरुले बताएका छन्।

 

सुदूरपश्चिममा चैत १० गतेसम्म कोरोना संक्रमितको संख्या शून्य थियो। दुई हप्ता नपुग्दै संक्रमितको संख्या एक सय पुगेको छ। नयाँ वर्ष र बिसु पर्व मनाउन छिमेकी भारतबाट धमाधम घर फर्किंरहेका सुदूरपश्चिमेलीहरुमा कोभिड देखिन थालेको हो। भारतमा संक्रमित भएर फर्किनेको संख्या बढ्न थालेपछि यहाँ पनि कोरोना संक्रमण तीव्र भएको छ।

 

पछिल्ला दुई सातायता कोभिड संक्रम बढ्न थालेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलका स्वास्थ्य निर्देशक डाक्टर जगदिश जोशीले बताए। ‘सुदूरपश्चिम प्रदेशका आधिकारीक पाँच वटा नाकाबाट स्वदेश फर्किरहेकाहरुमा कोभिड देखिन थालेको छ। भारतमा जसरी संक्रमण दर बढीरहेको छ त्यहाँबाट नेपाल फर्कनेहरुमा पनि संक्रमण देखा पर्न थालेको छ।’

सुदूरपश्चिमेलीहरूको बिषु पर्व पनि नजिकिँदै गएकाले भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट दैनिक रूपमा स्वदेश फर्किनेको क्रम पनि बढेको छ। त्यससँगै संक्रमणदर पनि वृद्धि भएको छ।
भारतका विभिन्न सहरहरूमा संक्रमण बढेकाले सीमा नाकामा परीक्षणमा जोड दिइएको जोशी बताउँछन्। उनले खोप अभियानलाई पनि निरन्तरता दिइएको बताए।

भारतको उत्तर प्रदेश, दिल्ली र मुम्बईलगायत क्षेत्रमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। उक्त क्षेत्रबाट घर फर्किने नेपालीहरूमा पनि संक्रमण देखिइरहेको छ। नाकामा संक्रमण देखिएका व्यक्तिलाई सोझै घर पठाउँदासमेत जोखिम बढेको छ। उनीहरू सार्वजनिक यातायातबाट घर जाने गरेका छन्।

 

केही दिनयता पूर्णागिरि मेलाका कारण गड्डाचौकीसँगै ब्रहृमदेव नाकामा दर्शनार्थीको घुइँचो छ। एकै दिन १५/२० हजारको संख्यामा दर्शनार्थी आउने गरेका छन्। यसले समेत संक्रमणको जोखिम बढाएको स्वास्थ्यकर्मीहरू बताउँछन्। सीमा क्षेत्रमा कोरोना पोजेटिभ भेटिएकालाई पनि सिधै घर पठाइने गरेको छ। उनीहरूलाई होम आइसोलेसनमा बस्न सुझाव दिने गरिएको छ।

सार्वजनिक बस चढेरै उनीहरू गाउँ फर्किने गरेका छन्। त्यसकारण पनि गाउँगाउँमा कोरोना फैलिने सम्भावना बढेको छ। कैलालीको गौरीफन्टा नाकामा पछिल्ला १६ दिनमा एन्टिजेन परीक्षणबाट ६३ जनामा कोरोना संक्रमण फेला परेको छ। भारतमा कोरोना संक्रमण बढेसँगै त्यहाँबाट घर फर्किने नेपालीमा पनि संक्रमण देखिन थालेको छ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलको तथ्यांकअनुसार कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट दैनिक दुई हजारको संख्यामा स्वदेश फर्किन थालेका छन्। गौरीफन्टा, गड्डाचौकी र बेलौरी, दार्चुलाको पुलघाट र बैतडीको झुलाघाट नाकामा प्रदेश सरकारले हेल्थ डेस्क राखेको छ।

कोभिड संक्रमण बढेपनि आत्तिनुपर्ने अवस्था नभएको स्वास्थ्य निर्देशक जोशीले बताए। हेल्थ डेस्कमा भारतबाट फर्किनेहरूको एन्टिजेन परीक्षण गरिन्छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सीमा नाकाहरूमा एन्टिजेन कीटहरू पर्याप्त पठाएको भए पनि सीमा नाकाबाट परिक्षण नगरेरै गाउँ पस्नेको संख्या बढ्दो छ।दिनेश खबर

  • २६ चैत्र २०७९, आईतवार ०५:५७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    खुसीका लागि मन, शरीर र समाजबीच सन्तुलन हुनुपर्छ : डा. समीम अख्तर
    लागु औषध गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU