घर पाउने परिवारको अनुहारमा खुशि‚ बलचौरका वादी समुदाय समेटिएनन
नेपाल सरकारले गरिव परिवारका लागि आर्थिक वर्ष ०७२। ०७३ मा सुदूरपश्चिम क्षेत्रमा शुरु भएको जनता आवास कार्यक्रमले गत २ वर्षमा यस क्षेत्रका १ हजार २७ घर गरिव विपन्न परिवारको अनुहारमा खुशि ल्याएको छ ।
राज्य सँरचना परिवर्तन भएसँगै सिँहदरवारको सेवा गाँउ मै पाईने आशामा रहेका जनतामा प्रदेश सरकारको जिम्मेवारीमा आएको भनिएको जनता आवास कार्यक्रम‚ कहिले र कसरी सञ्चालन हुने भन्ने अन्यौल देखिएको छ ।
प्रदेश नम्बर ७ का तराईका २ जिल्ला कैलाली र कञ्चनपुरका जनता आवास कार्यक्रम अन्तर्गत १ हजार २७ घर निर्माण गरी गरिव विपन्न परिवारलाई दिएपछि घरमा बस्न पाएका ती परिवार खुशि छन ।
जनता आवास कार्यक्रमका प्रमुख एवँम शहरी विकास निर्माण डिभिजनका प्रमुख रविन्द्र बोहराले कार्यन्वयन कार्यविधि २०७३ ले तोके बमोजिमको मापदण्ड अनुसार लाभान्वित समुदाय छनौट गरी घर बनाई दिएका छौ । पछिल्लो कार्यक्रम भने सबै जिम्मेवारी प्रदेश सरकारमा गएकोले कार्यक्रम कहिले शुरु हुने भन्ने अन्यौल देखिएको छ
तर कैलाली जिल्लाकै पुर्वपश्चिम राजमार्गको बलचौरका वादी समुदायले भने जनता आवास कार्यक्रमले आफुहरुलाई समेट्न नसकेको गुनासो गरेका छन ।
वादी समुदायकी अगुवा रमा वादीले भनिन सरकारले आफुहरुलाई नेपाली नै सम्झिएन‚ मानवीय व्यवहार नै देखाएन ।
अगुवा प्रेम बिकले भने मापदण्ड अनुसार सहि पहिचान नै भएन जसका कारण यस वर्ष कुन कुन समुदायका ककसले घर पाए कसैले जानकारी नै कसैले पाउन सकेको छैन ।
जनता आवास कार्यक्रम कहिले र कसरी सञ्चालन हुने भन्ने अन्यौलमा रहेको बेला प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले वास्तविक रुपमा गरिव परिवार पहिचान गरी घर बनाईने छ ।
2
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया