सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

उपाधिका लागि लिटिल फ्लावर धनगढी र लिटिल बुद्ध महेन्द्रनगर भिड्ने

धनगढी ३ मँसिर । धनगढीमा जारी तेस्रो लिटिल फ्लावर प्रिमियर लिगको उपाधिका लागि लिटिल फ्लावर धनगढी र लिटिल बुद्ध महेन्द्रनगर भिड्ने भएका छन्। आज भएका सेमिफाईनलमा जित हात पार्दै दुवै टोली आमने साने हुन लागेका हुन् । लिटिल फ्लावरले पहिलो सेमिफाईनलमा  साविक विजेता सिद्धार्थ सिसु सदनलाई ५ विकेट हरायो भने लिटिल बुद्धले दोस्रो सेमिफाईनलमा हिमालयन ह्वाईट हाउस काठमाण्डौंलाई १३ रनले किनारा लगायो । दुवै टोली बीचको भिड्न भोली विहान १० वजे धनगढी स्थित संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा हुनेछ ।

पहिलो सेमिफाईनलमा टस जितेर पहिला ब्याटिङ गरेको डिफेन्डिङ च्याम्पियन सिद्धार्थ शिशु सिद्धार्थले २० ओभरमा ८ विकेट गुमाउँदै १०२ रनको स्कोर बनायो । सिद्धार्थको लागि गजेन्द्र बोहराले सर्वाधिक ३९, खडक बोहराले २२, सुविन महराले १३ र सुरेन्द्र साउँदले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् । सिद्धार्थलाई सस्तैमा समेट्ने क्रममा लिटिल फ्लावरका शेर मल्लले ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिए । सुरज तिरुवाले ४ ओभरमा १८ रन खर्चिदै २ तथ विक्रम ठगुन्ना र सागर भण्डारीलेएक एक विकेट लिए ।

सिद्धार्थले दिएको १०३ रनको लक्ष्य लिटिल फ्लावर स्कुल धनगढीले १७.२ ओभरमा ५ विकेट गुमाउँदै पुरा ग¥यो । लिटिल फ्लावरको जितमा सुरज तिरुवाले अविजित ५१, शैलेश अवस्थीले २० रन बनाए । सुरुवाती ३६ रनमा ५ विकेट गुमाएको लिटिल फ्लावरको लागि छैटौं विकेटको रूपमा सुरज र शैलेशले ६७ रनको महत्वपूर्ण साझेदारी गर्दै आफ्नो टीमलाई जिताएका हुन् । सिद्धार्थका कप्तान शैलेश जिसीले ३ तथा गजेन्द्र बोहोरा र सबिन महराले एक एक विकेट विकेट लिए । सो खेलमा लिटिल फ्लावरका सुरज तिरुवो म्यान अफ द म्याच भए ।

दोस्रो सेमिफाईनलमा टस जितेर पहिले ब्याटिङ गरेको लिटिल बुद्ध एकेडेमी महेन्द्रनगरले १९.१ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको योगफल बनायो । लिटिल बुद्धका लागि नारायण जोशीले ५९, हेमन्त कार्कीले ३९, हेमन्त धामीले १४ तथा शुसिल खड्काले १२ रन बनाए । हिमालयन ह्वाईट हाउसको लागि अंकित सुवेदी र शुशान्त सिहले ३÷३ विकेट तथा फ्रिदोस अन्सारी, अमृत सिंह र रमेश भट्टले एक एक विकेट लिए ।

लिटिल बुद्ध एकेडेमीले जितको लागि दिएको १५१ रनको लक्ष्य पछ्याएको हिमालयन ह्वाईट हाउस भने २० ओभरमा ७ विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो । हिमालयनका लागि अकित सुवेदीले २७, सन्जय श्रेष्ठले २१, अमृत सिहले १९ रनको महत्त्वपूर्ण इनिङ खेले पनि टिमलाई जित दिलाउन सकेनन ।  लिटिल बुद्धका रोचक ऐरले ३, विवेक यादवले २ तथा नारायण जोशी र हेमन्त जोशीले एक एक विकेट लिए

प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने प्रतियोगिताका निर्देशक कलेन्द्र शाहीले बताए।  प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाईनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने उनले बताए।

  • ३ मंसिर २०७५, सोमबार १३:४२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU