सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

सुदूरमा लागुऔषध मुद्दाका ३८५ जना पक्राउ, मुख्य कारण ‘खराब साथी’को संगत

निराजन परियार ।सुदूरपश्चिम लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै गएको छ। खुला सीमा नाकाका कारण सहजै खरिद गर्न पाइने भएपछि प्रदेश नै लागूऔषध प्रयोगकर्ताको अखडा बन्न थालेको हो। विशेषगरी कैलाली र कञ्चनपुरमा यसका प्रयोगकर्ता तुलनात्मक रुपमा बढी देखिएका छन्।

चालु आर्थिक वर्षको माघ मसान्तसम्म सुदूरपश्चिमबाट लागुऔषध सेवन, विक्रीवितरण र ओसारपसार गरेको अभियोगमा प्रहरीले ३५१ पुरुष, २६ महिला र ८ जना भारतीय पुरुष गरी ३८५ जनालाई प्रकाउ गरेको छ। नेपाल प्रहरीले चालु आर्थिक वर्षको पहिलो महिनामा लागुऔषधका ३४ मुद्दामा ७२ जनालाई प्रकाउ गरेको छ। जसमा ३ महिला र ३ भारतीयसमेत रहेको प्रहरी तथ्याङ्कले देखाएको छ।

आर्थिक वर्ष २०७९÷८० को भदौमा भने लागुऔषध सम्बन्धी ३७ मुद्दामा ५४ जना पक्राउ परेका छन्। जसमध्ये २ जना भारतीय पनि नेपालमा लागुऔषध कारोबारको अभियोगमा पक्राउ परेका हुन्। असोजमा २५ मुद्दाका ३३ जना अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ। असोज महिनामा ४ जना महिला समेत लागुऔषध मुद्दामा पक्राउ परेका हुन्।

त्यस्तै, कात्तिकमा लागुऔषधका ३२ मुद्दा दर्ता भएकामा ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ। सो अवधिमा ४८ पुरुष र ३ जना महिला लागुऔषध प्रयोग र ओसारपसारको अभियोगमा पक्राउ परेका हुन्। मंसिरमा लागुऔषधका २२ मुद्दामा ३७ जना पक्राउ परेका छन्। जसमध्ये २ जना महिला छन्। पुसमा लागुऔषधका ३५ मुद्दामा ४९ जना पक्राउ परेका छन्। जसमा १ जना भारतीय र ४ जना महिला रहेको प्रहरी अभिलेख छ।

नेपाल प्रहरीले माघबाट प्रदेशभर लागुऔषध विरुद्धको महाअभियान सञ्चालन गरेसँगै माघ महिनामा लागुऔषधका ५५ मुद्दामा ८९ जना पक्राउ परेका छन्। जसमा २ जना भारतीय, १० जना महिला र ७७ जना पुरुष छन्। यसरी चालु आर्थिक वर्षको सात महिनामा लागुऔषधका २४० मुद्दामा ३८५ जना पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरीको तथ्याङ्कले देखाएको छ।

लागुऔषध सेवनकर्ता नै ओसारपसारमा संलग्न हुने गरेको अभियुक्तबारे अनुसन्धान गर्दा फेला परेको प्रहरी अधिकारीले बताएका छन्। सुदूरपश्चिममा पक्राउ पर्ने लागुऔषधका ९० प्रतिशत अभियुक्त सीमा क्षेत्रबाट पक्राउ परेका हुन्। कैलालीको सीमावर्ती क्षेत्र धनगढी, भजनी, टीकापुर र अत्तरियाबाट सबैभन्दा बढी लागुऔषधका अभियुक्त पक्राउ पर्ने गरेका छन्।

त्यस्तै, कञ्चनपुरको बेलौरी, पुनर्वास र महेन्द्रनगरबाट पक्राउ पर्ने लागुऔषधका अभियुक्तहरूको संख्या पनि उल्लेख्य देखिएको छ। प्रदेशमा लागूऔषधको जालो कसरी फैलियो भन्ने प्रश्न जटिल बन्न थालेको छ। विशेषगरी एक जना प्रयोगकर्ताले नै आफ्नो संगतमा रहेका युवाहरुलाई सेवन गर्न सिकाउने गरेको अधिकारीहरु बताउँछन्।  लागूऔषध सेवन गर्नका लागि आफूसँग सधै पैसा नहुने भएपछि लागूऔषध सेवनकै लागि साथी थप्दै जाने गरिन्छ।

कैलालीमा सञ्चालित सुधार गृहमा रहेकाहरुको भनाइ सुन्दा पनि अधिकांश प्रयोगकर्ता साथीहरुकै कारण कुलतमा फस्ने गरेका छन्। तीमध्ये केही मानसिक तनावका कारण यसमा लागेको देखिएको छ भने, अन्य प्रेममा धोका पाएकाहरु पनि कुलतमा फस्ने गरेका छन्। अभिभावकको कमजोरीका कारण पनि युवाहरु कुलतमा फसेका छन्। जालो फैलिनुको प्रमुख कारण सेवनकर्तासँगको संगत नै हो।

भारतको सीमावर्ती बजारमा खेरै हिरोइनको कारोबार निर्वाध हुने भएकाले नेपाली प्रयोगकर्ताले दैनिक सीमावर्ती क्षेत्रमा पुगेर भारतीयबाट खेरै हिरोइन र अन्य औषधिजन्य लागुऔषध खरिद गर्ने गरेको प्रहरीले जनाएको छ। खुला सीमानाको फाइदा उठाएर लागुऔषधका भारतीय कारोबारीले र भारतीय पुलिससँगको मिलेमतोमा नेपाली प्रयोगकर्तालाई भारतीय सीमावर्ती बजारमा खैरो हिरोइन बिक्री गर्ने गरेको देखिएको हो। ७ महिनमा प्रहरीले सुदूरपश्चिममा ४८ किलो ६८६ ग्राम ५ सय मिलिग्राम चरेस, ८८ किलो ३१८ ग्राम ७१५ मिलिग्राम चरेस र ७१७ ग्राम २८० मिलिग्राम खेरो हिरोइन बरामद गरेको अभिलेख छ।

  • २५ फाल्गुन २०७९, बिहीबार ०८:२२ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    खुसीका लागि मन, शरीर र समाजबीच सन्तुलन हुनुपर्छ : डा. समीम अख्तर
    लागु औषध गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU