सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

टेलीफोन गर्न एक दिनको पैदल, प्रविधीको युगमा पुरानो भिसेटकै भर

डीबी विष्ट मंसीर २ बझाङ । विकट हिमाली साईपाल गाँउपालीकाका ५ गा“उका १ हजार ५ सय भन्दा बढी बासिन्दाहरुले एक कल फोन गर्नका लागी पनि एक दिनको पैदल हिड्नु पर्ने बाध्यता रहेको छ । यहा“का धुली, बलौडी, न्युना र धलौन गा“उका वासिन्दाहरुले घण्टौ हिड्ेर का“डाको बाझचौकामा रहेको एक मात्र भि स्याट टेलिफोन बाट गाँउपालीका वाहिर सम्पर्क गर्ने गरेका छन ।

“घरबाट का“डा आउन एक दिनै लाग्छ फोन गर्नु पर्यो भने विहानै आएर उतै बस्नु पर्छ भोलिपल्ट मात्र घर फर्किन्छौ ।” बलौडीका विरजित बोहराले भने “पुरुषहरु घर बाहिर हुने महिलालाई झन गाह्रो हुन्छ ।

बस्ने खाने समस्या हुन्छ , केटाकेटी गाइबस्तु अर्काको जिम्मा लाएर आउनु पर्छ ”दिनमा ३० देखी ६०÷७० जना सम्म गा“उबाट फोन गर्ने मानिसहरु बा“झचौका पुग्ने गरेको टेलिफोन संचालक गोरख रोकाया वताउछन ।

२०६६ सालमा नेपाल टेलिकम र तत्कालीन का“डा गाविसको लगानीमा जडान गरिएको भि स्याट सेवा वेला वेला विग्रने र मर्मत गर्नका लागी सदरमुकामबाटै प्राविधीक बोलाउनु पर्ने भएकोले कहिले का“ही महिनौ सम्म पनि यहाँका मानिसहरु टेलिफोन सम्पर्क विहिन हुने गरेको उनले जानकारी दिए । “फोन विग्रको वेला दिनभर हिड्ेर टाढाबाट आएका मानिसहरु फोन नगरेरै फर्किनु पर्ने हुन्छ । बेकारमा दुःख पाउछन ” उनले भने ।
साईपाल गाँउपालीकाको धलौन गा“उमा २०६८ सालमा स्मार्ट टेलिकम कम्पनीले ५ वटा लाइन भिस्याट जोडे पनि एक वर्ष पछि सबै लाइन बन्द भएका थिए । धलौन गा“उ पनि बाझचौकाबाट ७ घण्टाको पैदल दुरीमा रहेकोछ । “तन्नेरीहरु मात्र विहान गएर बेलुका फर्किन सक्छन । अरुहरुले फोन गर्नु परेमा उतै बस्ने गरी जानु पर्छ ” धलौनका सुवास बोहराले भने “स्मार्ट फोन सुचारु हुदा धेरै सुविधा भएको थियो । ४ वर्ष देखी सम्पर्क विहीन जस्तै छौ”
यस्तै टेलिफोन रहेको गा“उ बाझचौका पुग्न न्युनाबाट ५ घण्टा, धुलिबाट ७ घण्टा र जिमाबाट ५ घण्टा पैदल हिड्नु पर्ने स्थानिय बासिन्दा बताउछन ।
कुनै पनि कम्पनीका मोवाइल सेवाले काम नगर्ने का“डाका बासिन्दाले एक गा“उमा एउटा सम्म भए पनि भिस्याट सेवा सन्चालन गरिदिनका लागी पटक पटक जिल्ला स्थित र प्रदेश सरकारका साथै केन्दीइ सरकार संग पहल गरे पनि कतैबाट सुनुवाई नभएको साईपाल गाँउपालीकाका अध्यक्ष राजेन्द्र धामीले बताउनु भयो ।

गाँउपालीकाको एक्लै प्रयासले यहाँको टेलीफोन सुचारु गर्न सम्भव नभएका कारण समस्या उत्पन्न भएको र सबै भन्द ा विकासको बाधक बाटो घाटो नपुग्नु र भौगौलीक विकटता नै रहेको धामीको भनाई छ ।

तर पनी आफुहरु यस समस्या समाधानका लागी आफुहरु बाट हुने सबै किसीमका प्रयास जारी राखेको र प्रदेश सरकार र केन्दीय सरकार बाट आश्वसन मात्रै पाएको उहाँको गुनासो छ । इमेल ईन्टरनेट र प्रविधीको यो युगमा पनी आफुहरुले टेलीफेन गर्नका लागी भिसेटका नै भर पर्नु लाजमर्दो कुरा रहेको स्थानीय बासिन्दाको गुनासो रहेको छ ।

  • २ मंसिर २०७५, आईतवार ०५:५० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU