धनगढीमा युबकको हत्या, घिसार्दै लगिरहेका बेला एक जना पक्राउ
धनगढी १ मसिंर । प्रदेशको अस्थायी राजधानी धनगढीमा एक युवकको हत्या भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थीत नाष्ट कलेज नजिकै एक युवकको हत्या भएको हो। वडा नम्वर ४ कै २५ बर्षिय विजय थापाको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शुक्रवार राती ९ बजे तिर थापाको हत्या भएको प्रहरीले जनाएको छ।

रक्ताम्य युवकलाई घिसार्दै लगिरहेका बेला धनगढी उप–महानगरपालिका वडा नम्वर ४ कै आषिश सेटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। । शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ। घटनास्थललाई घेरिएको तर राती भएकाले मुचुल्का उठाउन बाँकी रहेकाले अहिले विहान मुचुल्का उठाउनले प्रहरीले जनाएको छ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया