बेलौरी नाकालाई मुख्य नाकाकै रुपमा विकास गछौः मन्त्री बिना
खानेपानी मन्त्री बिना मगरले बेलौरी नाकालाई ७ नम्बर प्रदेशकै मुख्य नाकाकै रुपमा विकसित गर्ने बताउनुभएको छ । बिहीबार बेलौरी–पुर्नवासमा नेपाल आदिवासी जनजाति महासंघले आयोजना गरेको विश्वस आदिवासी दिवस कार्यक्रमको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले कञ्चनपुरको बेलौरी नाकालाई प्रदेशकै विकसित नाकाको रुपमा विस्तार गर्ने बताउनुभएको हो ।
मन्त्री मगरले बेलौरी छोटी भन्सारको स्तरोन्नतीका लागि सरकारले पहल गरिरहेको बताउदै त्यसका लागि बेलौरी भन्सारको विषयमा वाणिज्य मन्त्रालयको टिम भारतीय अधिकारी संग छलफल गर्न भारत गएको जानकारी गराउनुभयो । ‘यो नाकालाई विकसित गर्नका लागि भारतको पनि सहमती चाईन्छ, ‘उनले भनिन्, ‘त्यसका लागि नेपाल सरकारले काम अघि बढाएको छ ।’
आर्थिक र विकासमा रुपमा पछाडी परेको प्रदेशको विकासका लागि समेत नाका अपरिहार्य रहेको उनको भनाई छ । ‘बेलौरी नाकालाई मुख्य नाकाकै रुपमा विकसित गछौँ, ‘उनले भनिन्, ‘यसका लागि सरकारले आफ्नो तर्फबाट गृहकार्य शुरु गरिसकेको छ ।’ आर्थिक र विकासमा रुपमा पछाडी परेको प्रदेशको विकासका लागि समेत नाका अपरिहार्य रहेको उनको भनाई छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधी सभा सदस्य समेत रहेकी खानेपानी मन्त्री मगरले आफ्नै पहलमा बेलौरी भन्सारको स्तरबृद्धिका लागि उद्योग, वाणिज्य र अर्थ मन्त्रालय मार्फत भारत सरकारसंग छलफल भईरहेको बताईन् ।
बेलौरी नाकाको स्तरबृद्धि गर्न सके ७ नम्बर प्रदेशकै आर्थिक विकासका ढोका बन्ने बताउदै मन्त्री मगरले आफ्नो तर्फबाट कुटनीतिक पहल समेत भईरहेको बताईन् ।
मन्त्री मगरले जनताले विश्वास जसरी विश्वास गरेर आफुलाई निर्वाचित गरेको स्मरण गर्दै ठिक त्यसै ढङले सिङ्ग ७ नम्बर प्रदेश र कञ्चनपुर क्षेत्र नम्बर १ को विकासका लागि खटिएको समेत बताईन् । ‘जसरी जनतालाई हामीलाई विश्वास गरेका थिए, ‘उनले भनिन्, ‘ठिक त्यसै ढङगबाट आज हामीले जनताका लागि काम गर्न खटिएका छौँ ।’
जनताको आश टुटन नदिने उनको दावि छ । ओझेलमा परेको सुदूरपश्चिमको विकासका लागि खानेपानी मन्त्रालय बाट र अन्य मन्त्रालयबाट समेत आफुले योजना पारेको उनको भनाई छ ।
बेलौरी, बेल्डाँडी, पुर्नवास र लालझाडी विकासको महत्वपुर्ण सम्भावना बोकेको क्षेत्र भएको बताउदै खानेपानी मन्त्री मगले यस क्षेत्रका चारै स्थानीय तहको समान रुपमा विकास गर्नका लागि योजना अघि सारिएको बताए । सुदूरको पर्यापर्यटकिय, धार्मिक एव साँस्कृतिक विकासका लागि आफुले योजना बनाएको बताउदै योजना कार्यान्वयनका लागि सम्बन्धीत मन्त्रालयसंग समन्वय भईरहेको बताईन् । सीमा क्षेत्रको समस्या रहेको बताउदै उनले सीमा सुरक्षाका लागि समेत सम्बन्धीत निकायसंग छलफल, सम्वाद भईरहेको उनको भनाई छ । नेपालको हरेक आन्दोलनमा आदिवासी जनजाति समुदायको उल्लेख्य भूमिका रहेको स्मरण गर्दैै मन्त्री मगरले आदिवासी समुदायको परिर्वतन र उपलब्धीमा भूमिका रहेको बताईन् । बेलौरीमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सुनिता चौधरी र पुर्नवासमा पाल आदिवासी जनजाति महासंघका अध्यक्ष घोके रानाको अध्यक्षतामा भएको कार्यक्रममा आदिवासी जनजातिका नेताहरुले आदिवासीको अधिकारका लागि राज्य गम्भिर नभएको गुनासो गरेका छन् । बेलौरीमा बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरी र पुर्नवासमा प्रदेश सभा सदस्य तारालामा तामाङ्ग, पुर्नवासका मेयर जिवनराज थापा, लालझाडीका प्रमुख मदन सेन बडायक स्थानीय राजनीतिक दल, नागरिक समाज, आदिवासीका नेताहरुको सहभागितमा कार्यक्रम समापन गरिएको थियो । कार्यक्रममा आदिवासी जनजाति समुदायको वि
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया