नेपाल आज पीएनजीसँग खेल्दै
काठमाडौं – यूएईमा आजदेखि सुरु हुने विश्वकप लिग-२ त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी)सँग खेल्दै छ । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ ।
नेपालले गत साता काठमाडौंको कीर्तिपुरमा भएको शृंखला क्लिन स्विप गरेको थियो । त्रिकोणात्मक एकदिवसीय सिरिजमाथि क्लिन स्विप गरेको नेपाली टोली उच्च मनोबलका साथ युएईको भ्रमणमा छ ।
विश्वकप लिग–२ को शीर्ष तीन स्थानमा युएई र नेपालले दाबेदारी दिने प्रयास गर्नेछन् । नेपाल र युएईएले समान २८ खेल खेलिसकेका छन् । युएई २९ अंकका साथ पाँचौँ स्थानमा छ । नेपालले समान खेलबाट २६ अंक जोडेर लिगको छैटौँ स्थानमा छ ।
शृंखलामा सहभागी तेस्रो राष्ट्र पिएनजी पाँच अंकका साथ पुछारमा छ ।इकागज
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया