सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

निष्ट लिटिल फ्लावर प्रिमियर लिग
"कैलाली मोडेल र एबीसी नेपालगंज विजयी "

धनगढीमा जारी देशकै सर्वाधिक धनराशीको विद्यालय स्तरीय तेस्रो निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग अन्तर्गत दोस्रो दिन भएका खेलमा कैलाली मोडल ईङ्गलिस बोर्डिङ स्कुल धनगढी एबीसी स्कुल नेपालगंज विजयी भएका छन् । आज भएको पहिलो खेलमा विस्जम एकेडेमी कंचनपुरलाई ६ विकेटले पराजित गर्दै कैलाली मोडेल विजयी भएको हो भने एबीसी स्कुल नेपालगंजले काठमाण्डौंको मोक्छदा स्कुलाई ७ रनले किनारा लगाएको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको विस्डम एकेडेमी कंञ्चनपुरले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ७१ रनको योगफल बनायो । विस्डमको लागि प्रकाश जोशीले ५७, किरन ठगुन्नाले ४० कप्तान लोकेश बमले २७, वसन्त सिह कार्कीले १७, सुशील पन्तले १४ रन बनाए । कैलाली मोडेलका कैलाश खातीले ३ र वसन्त थापाले २ विकेट लिए । विस्डमले जितको लागि दिएको १७२ रनको लक्ष्य कैलाली मोडलले ३ बल अगावै ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । कैलाली मोडेललाई जिताउन सुवोध ऐरले सर्वाधिक रन ७४, कप्तान अजय बिष्टले ३७, अभिषेक पालले १९ र शोभित महताले १३ रनको योगदान दिए । अविजिति ७४ रन वनाएका सुवोध म्यानअफ द म्याच भए ।

संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजनामा धनगढीमा भईरहेको प्रतियोगिताको दोस्रो दिनको दोस्रो खेलमा  मोक्छदा स्कुल काठमान्डौमाथि एबीसी नेपालगन्जले ७ रनको रोमान्चक जित निकालेको छ । टस जितेर पहिले ब्याटिङ गरेको एबीसी आवासीय स्कुलले १९.३ ओभरमा अलआउट हुँदै १३७ रन बनायो । एबीसीका लागि विशाल केसीले २८, लवकुश यादवले २१, अमन अन्सारीले १४, कप्तान सदाव अन्सारी र सहिल वस्नेतले १३÷१३ र बुद्ध अधिकारीले १२ रनको योगदान दिए । मोक्छदाका अनिश कार्कीले ४, विपिन खत्रीले ३, दिपक बोहराले २ विकेट लिए ।

१३८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको मोक्छदा स्कुल काठमान्डौले २० ओभरमा ९ विकेट गुमाएर १३० रन मात्रै बनाउन सक्यो । उसका लागि दिपक बोहोराले ३६, विशाल लिम्बुले ३४, कप्तान विपिन खत्रीले २७ र सुदिप बस्नेतले १६ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । एबीसीका लागि सुभम ब , कप्तान सदाव अन्सारी र सोनु थापा मगरले २÷ २ विकेट लिए । एबीसी स्कुल नेपालगन्जका कप्तान सदाब अन्सारी खेलको म्यान अफ द म्याच भए ।

प्रतियोगिता अन्तर्गत विहीवारको पहिलो खेलमा सरस्वती मावि गेटा र निष्ट भक्तपुर तथा दोस्रो खेलमा लिटि बुद्ध महेन्द्रनगर र एबीसी स्कुल नेपालगंज प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने छ । प्रत्येक खेलको म्यान अफ द म्याच अन्तर्गत लिग चरणमा प्रति खेल नगद एक हजार, नकआउट चरणमा प्रति खेल नगद एक हजार ५ सय र फाईनलमा नगद २ हजार ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने छ ।

प्रतियोगिता संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजना तथा निष्ट कलेज लैनचौरको मुख्य प्रायोजनामा सञ्चालन भईरहेको छ । प्रतियोगितामा देशभरिका १२ टिमले सहभागीता जनाएका छन् ।

  • २९ कार्तिक २०७५, बिहीबार १०:४३ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्पेनलाई फिफा विश्वकप २०२६को उपाधि, गोल्डेन बुट एम्बापेलाई
    समाजसेवी तीर्थराज पन्तद्वारा विद्यार्थीलाई ट्रयाकसुट सहयोग
    चीनविरूद्ध नेपालको तर्फबाट उत्कृष्ट ब्याटिङ: ३१४ रनको लक्ष्य दियो, कुशल भुर्तेलले एकै ओभरमा ६ वटा छक्का हाने

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU