सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पुनर्वास १० विकास बस्तिमा साप्ताहिक ज्ञान महायज्ञ सुरु

धनबहादुर बिक, कञ्चनपुर ।  पुनर्वास सके सात दिन नसके १ दिन अवस्य कथा श्रवण दानपुण्य गरौ भन्ने मुल नारा सहित कञ्चनपुरको पुनर्वास नगरपालिका १० स्थित विकासबस्तिमा सोमबारदेखि ज्ञान विज्ञान साप्ताह धार्मिक महा- महोत्सव सुरु भएको छ ।

पुनर्वास नगरपालिका १० विकासबस्ति , मेडिकल चोक स्थित श्री कालिका मन्दिर व्यवस्थापन समितिले आयोजना गरेको ज्ञान बिज्ञान सप्ताह धार्मिक महा – महोत्सव को पुनर्वास नगरपालिका नगर प्रमुख चोया प्रसाद शर्माले पानसमा बत्ती बालेर तथा १००८ शालिग्राम मा पुजा अर्चना गरि औपचारिकरूपमा उद्घाटन गर्नुभएको थियो ।

फागुन १ गतेदेखि सुरु भई ७ गतेसम्म सञ्चालन हुने महायज्ञमा करिब एक लाख श्रद्धालु भक्तजनले धार्मिक कथा श्रवण गर्ने जनाईएको छ भने उक्त महायज्ञ बाट संकलन गरिएको आर्थिकबाट मन्दिर परिसर लाई तारबार , गेट निर्माण लगायत संगै सामाजिक क्रियाकलापमा खर्च गरिने सप्ताह धार्मिक महा- महोत्सव व्यवस्थापन समिति संयोजक तेजबहादुर खड्काले बताउनुभयो ।

धार्मिक महा- महोत्सव सफल पार्न समाजसेवी तेजबहादुर खड्का को संयोजकत्वमा २७ सदस्यीय समिति चयन गरिएको छ । कार्यक्रममा पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्माले पछिल्लो समय आधुनिकताको नाममा हिन्दु धर्म भित्र आएको विचलन ले समाजमा धार्मिक तथा सामाजिक दायित्व अभाव खटिएको बताउनुभयो ।

समाजलाई सहि मार्गमा डोर्‍याउने कार्य धार्मिक आस्था ले पूरा गर्ने भएकोले सबैलाई धार्मिक विचार को श्रवण गरि सोही मार्गमा लाग्न नगर प्रमुख शर्माले प्रेरित गर्नुभयो । समाजसेवी भक्तबहादुर अधिकारी ले शुभकामना मन्तव्यमा आफ्नो भनाइ राख्दै महायज्ञ को मार्फत समाजमा समतामूलक समाज निर्माण को पाटोमा , जातीय विभेद अन्त्यको पाटोमा साथै सामाजिक दायित्व को बिषयमा यो धार्मिक महोत्सव ले भुमिका निर्वाह गरोस भन्नुभएको थियो ।

ज्ञान बिज्ञान सप्ताह धार्मिक महा – महोत्सव मा प्रत्येक दिन बिहान ५:३० बजेबाट ६:३० बजेसम्म योग बिज्ञान शिविर हुने ६:३० देखि १२ बजेसम्म पुजाअर्चना तथा १००८ शालिकग्राम परिक्रमा श्रीमद्भागवतको पाठ पारायण , १२:३० बजेदेखि ४:३० सम्म कथा प्रवचन र राष्ट्रिय कलाकार द्वारा भजन किर्तन , झाँकि प्रदर्शन आरति , पुष्पाञ्जली , तथा प्रसाद वितरण गरिने । सांझ ६ : ०० बजेदेखि ७:०० बजेसम्म ( महात्म्य प्रवचन ) रात्रिकालिन भजनकिर्तन तथा झाँकि प्रदर्शन हुने ।

त्यसतै २०७९ फागुन ७ गते यज्ञ विसर्जन , पुर्णआहुती , झाँकि , भजनकिर्तन हुने जनाईएको छ भने ज्ञान विज्ञान सप्ताह धार्मिक महा- महोत्सवमा बिशेष तुलादान , गौ दान , ब्रह्ममण भोजन , सालिग्राम ( १००८) परिक्रमा , व्रतबन्ध , विबाह , ग्रहशान्ति , सम्पूर्ण वैदिक अनुष्ठान को कार्यक्रम समेत रहेको मुल आयोजक समिति सदस्य नरेन्द्र गुरूङले बताए । उक्त महायज्ञमा प्रखर वक्ता पण्डित श्री प्रमोद पौडेल ( विष्णु प्रपन्न जी) तथा प्रमुख व्यवस्थापक तथा यज्ञ आचार्य श्री कृष्ण दहाल ज्यु प्रमुख कथावाचक रहेका छन ।

मन्दिर समिति संयोजक चेतबहादुर बिष्ट सभापतित्वमा भएको महायज्ञ उद्घाटन कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगरपालिका प्रमुख तोया प्रसाद शर्मा रहेका थिए । बिशिस्ट अतिथि मा पुनर्वास नगरपालिका वडा नम्बर ५ का अध्यक्ष पदमबहादुर रोकाया , समाजसेवी भक्तबहादुर अधिकारी , गजेन्द्र बिष्ट लगायत रहेका थिए । कार्यक्रम को सञ्चालन मुल आयोजक समिति का सचिव नारद खड्काले गरेका थिए

  • १ फाल्गुन २०७९, सोमबार १२:३९ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU