UNIFIL Mission, लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली
काठमाण्डौ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि खट्टिने क्रममा, मिति २०७९ माघ २९ गते United Nations Interim Force in Lebanon (UNIFIL) मा तैनाथ गोरखबक्स गण (शान्ति सेना) ६३ औं डफ्फालाई बदली गर्नको लागि श्री पुरानो गोरख गण (शान्ति सेना) ६४ औं डफ्फाका २१० जना शान्ति सैनिकहरु सेनानी अरुण थापाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमानमार्फत मिशन ईलाकातर्फ प्रस्थान गरेका छन् ।

प्रमुख सेनानी अनिल कुमार बुढाथोकीको कमाण्डमा खटिएको उक्त गणका ६४० जना सकलर्दजाहरु यस अगावै मिशन ईलाकामा पुगिसकेका छन् ।
उक्त मिशनमा तैनाथ श्री गोरखबक्स गण (शान्ति सेना) ६३ औं डफ्फाको अन्तिम टोलीका २१६ जना शान्ति सैनिकहरु प्रमुख सेनानी विकास के.सी.को नेतृत्वमा मिति २०७९ फाल्गुण ०१ गते सोही Airlines विमानमार्फत स्वदेश आगमन हुने कार्यक्रम रहेको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया