सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

लगानी डुब्ने भन्दै सेयरधनी, बचत रकम फिर्ता माग्दै धनगढीमा
"शिवशिखर सहकारीमा बचतकर्ताको भिड "

धनगढीः कैलालीको धनगढीमा शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा बचतकर्ताको भिड लागेको छ। धनगढी उपमहानगरपालिका–१ धनगढीमा रहेको शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा लगानी डुब्ने चिन्ताले शेयरधनी बचतकर्ता रकम फिर्ता माग्न अहिले जम्मा भएका छन्। शिवशिखर सहकारीमा रकम जम्मा गर्दै आएका ग्राहकले रकम फिर्ता मागिरहेका हुन्।

रकम फिर्ता माग्नैकै लागि आज सहकारीमा बचतकर्ताको भिड छ। भक्तपुर केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको धनगढी शाखा शेयरधनीले घेराउ गरेका छन्। दैनिक बचत, फिक्स बचतकर्तादेखि ठूलो रकम सेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता माग्न शाखा कार्यालय पुगेका छन्। शिवशिखरकै बुटवल शाखामा बचतकर्तामाथि ठगी भएको विषय बाहिर आएपछि त्यसको प्रभाव कञ्चनपुरहुँदै कैलालीसम्म परेको हो।

सहकारीले दैनिक चल्ती खातामार्फत रकम संकलन गर्दै आएको थियो। सहकारीमा राखिएको पैसा जोखिममा परेकोले फिर्ता माग्न आएको उनीहरुले बताएका छन्। सहकारीमा रकम सुरक्षाका लागि राखे पनि जोखिमा पर्न थालेपछि फिर्ता लिन आएको बचतकर्ताले बताएका छन्। ‘अब हामीलाई ब्याज चाहिँदैन,’ एक जना बचतकर्ताले भने, ‘हाम्रो बचत भएको रकम फिर्ता गरिदिनुप¥यो।’

सहकारीप्रति जनताको विश्वास गुमिरहेका वेला सहकारीले रकम फिर्ता गर्नुको विकल्प नभएको उनीहरुको माग छ। सहकारीले जनताबाट संकलन गरेको रकम जम्मा वा अन्य क्षेत्रमा लगानी गरेको भए पनि फिर्ता गर्नुपर्ने बताइएको छ। फसाउने उद्देश्यले ग्राहकबाट संकलन गरिएको रकम तुरुन्तै फिर्ता नभए आन्दोलन गर्ने चेतावनी बचतकर्ताको छ। आइतबारदेखि बचत फिर्ता लिन सेवाग्राही सहकारीमा धाउँदै आए पनि सहकारी बन्द गरेर कर्मचारी सम्पर्कविहिन भएको उनीहरुको गुनासो छ। दिनेश खबरबाट

  • २४ माघ २०७९, मंगलवार ०९:१० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU