सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

हाईबे बालबाटीकाले जित्यो सेतीलोकमार्ग उपाधी
"घोडाघोडीलाई हराउँदै हाईबे बालबाटीकाले जित्यो  "

पाण्डव पुजारा । कार्तिक २० बौनिया । कैलालीको बर्दगोरियामा जारी सेतीलोकमार्ग कप फुटबल प्रतियोगिताको उपाधी हाईबे बालबाटीका बौनियाले जितेको छ । सडकपुर बौनियामा मंगलबार भएको फाइनल खेलमा घोडाघोडी क्लब सुखड माथी ६–५ को जीत निकाल्दै हाईबे बालबाटीकाले उपाधि जितेको हो ।

सडकपुर बौनिया यूवा क्लबद्वारा आयोजित चौथो संस्करण अन्तर्गतको सेतीलोकमार्ग खुल्ला फुटबल प्रतियोगिता यो खेलसंगै सकिएको छ । बसन्त मुरारी माविको खेल मैदानमा भएको फाइनल खेलको निर्धारित समय र थप भएको समयमा दुबै टीमबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समय सम्म धकेलिएको थियो ।

कडा प्रतिस्पर्धा संगै ट्राइबेकरमा हाईबे बालबाटीकाले प्रतियोगिताको उपाधी चुमेको हो । प्रतियोगितामा जिल्लाका विभिन्न स्थानबाट १९ टीमको सहभागिता रहेको थियो । गत कार्तिक ८ गतेदेखि सुरु भएको प्रतियोगिता मंगलबार सकिएको खेल संयोजक पुष्प भण्डारीले जानकारी दिए ।

प्रतियोगिताको मूख्य प्रबर्द्धक बर्दगोरिया गाउँपालिका रहेको थियो भने, मूख्य प्रायोजकमा सरस्वती एग्रो इण्डष्ट्रिज रहेको बताइएको छ । आयोजक सडकपुर बौनिया यूवा क्लबका सचिव धिरज शाहीका अनुसार प्रतियोगिताको सुरुवातदेखि नै दर्शकको उत्साहजनक सहभागिता रहेको र हजारौं दर्शकले प्रत्यक्ष अवलोकन गरेको बताएका छन् ।

प्रतियोगिताको सेमिफाइनल अन्तर्गतका खेलमा ४ टीमले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा बिजेता हुने टीमलाई रु २ लाख नगद, मेडल र प्रमाणपत्र  प्रदान गरिएको छ भने, उपबिजेतालाई नगद रु १ लाख, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै, खेलमा विभिन्न बिद्यातर्फका उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

  • २० कार्तिक २०७५, मंगलवार १३:२० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्पेनलाई फिफा विश्वकप २०२६को उपाधि, गोल्डेन बुट एम्बापेलाई
    समाजसेवी तीर्थराज पन्तद्वारा विद्यार्थीलाई ट्रयाकसुट सहयोग
    चीनविरूद्ध नेपालको तर्फबाट उत्कृष्ट ब्याटिङ: ३१४ रनको लक्ष्य दियो, कुशल भुर्तेलले एकै ओभरमा ६ वटा छक्का हाने

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU