सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

४५५ जनाको आँखाको निःशुल्क शल्यक्रिया

धनगढीः कैलालीको गेटा आँखा अस्पतालले बझाङका ४४५ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ।

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय पालिकाहरूको आयोजना तथा तेज कोहली रुइत फाउन्डेसनको सहयोगमा गएको माघको ७ देखि १६ गतेसम्म बझाङका प्राथमिक स्वास्थ्य केन्द्र देउलेक, जिल्ला अस्पताल चैनपुर र भैरव मावि झोतामा सञ्चालन गरेको निःशुल्क आँखा शिविरमा ४ सय ४३ जनाको मोतिबिन्दुको र २ जनाको अन्य शल्यक्रिया गरिएको हो। तीनवटै शिविरबाट १ हजार ६ सय ३० जनाले उपचार सेवा लिएको अस्पतालका बाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले बताए।
गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञ डा. अनिल गुरुङको नेतृत्वमा सञ्चालित उक्त शिविरहरूमा, १५ जना प्राविधिकको टोलीले सेवा प्रदान गरेका थिए। प्रदेशको सबै क्षेत्रमा आँखा उपचार सेवामा पहुँच बढाइ अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले महेन्द्रनगर, टीकापुर र डडेलधुरामा नेत्र विशेषज्ञ सेवासहितको अस्पताल स्थापना गरि आँखा उपचार तथा अप्रेशन सेवा प्रदान गर्दै आएको छ।
उसले, आँखा उपचार केन्द्र धनगढीमा सातामा एक पटक प्रत्येक बिहीबार र आँखा उपचार केन्द्र बेलौरीमा प्रत्येक महिनाको अन्तिम बुधबार महिनामा एक पटक नेत्र विशेषज्ञबाट अप्रेशन सेवा प्रदान गर्दै आइरहेको छ। प्रदेशका ९ वटै जिल्लामा स्थापना गरिएका आँखा उपचार केन्द्रहरूबाट आँखा उपचार सेवा प्रदान गरिरहेको तथा आँखा उपचार केन्द्रमा सेवा लिन आएका जटिल प्रकृतिका बिरामीहरूलाई टेलिमेडिसिन सेवा द्वारा गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट परामर्श तथा उपचार सेवा पनि प्रदान गरिदै आएको छ।

गत वर्ष गेटा आँखा अस्पताल र अन्तरगतका शाखाहरू तथा शिविरबाट २ लाख ५१ हजार ८ सय ३१ जनालाई सेवा प्रदान गरेकोमा २४ हजार १ सय ४१ जनाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ। दिनेश खबरबाट

  • १९ माघ २०७९, बिहीबार ०९:४८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    खुसीका लागि मन, शरीर र समाजबीच सन्तुलन हुनुपर्छ : डा. समीम अख्तर
    लागु औषध गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU