जनप्रतिनिधी लोकतन्त्रका सम्वाहकः प्रमुख सूचना आयुक्त
धनगढी,१९ कार्तिक । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरी बास्कोटाले जनप्रतिनिधीहरु नै लोकतन्त्रका सम्वाहक भएको बताएका छन् ।
शोमबार धनगढी उपमहानगरपालीकाका जनप्रतिनिधी,बिषयगत शाखाका कर्मचारी, वडा सचिवहरु संगको सूचनाको हक, सुशासन र भष्टाचार नियन्त्रण सम्वन्धी अभिमूखिकरण कार्यक्रममा बोल्दै प्रमुख सूचना आयुक्त बास्कोटाले यस्तो धारणा राखेका हुन । उनले जनप्रतिनिधीहरुले चाहेमा लोकतन्त्र बलियो हुने बताए ।
उनले संघ सरकार अहिले पनि स्थानीय सरकारको अधिकार खुम्च्याउन लागिपरेको बताए । स्थानीय सरकारको अधिकार खोस्नु हुदैन भन्ने पक्षमा आफु निरन्तर उभिरहेको बताए ।
धनगढी उपमहानगरपालीकाका प्रमुख नृपबहादुर वडले धनगढी उपमहानगरपालीका आफुलाई सूचनाकोहक मैत्री बनाउदै लगिरहेको बताए । उपमहानगरपालीकाले गरेका निर्णय २४ घण्टै भित्रै नागरिकले थाहा पाउने ब्यबस्था गरिएको छ नगरप्रमुख वडले भने, त्यसका लागि उपमहानगरपालीकामा भएको सूचना केन्द्रलाई समुदाय संग जोड्ने काम भएको छ । यसका साथै कार्यालयमा सूचना अधिकारी मार्फत सूचना दिने काम समेत गरिएको नगरप्रमुख वडले बताए ।
धनगढी उपमहानगरपालीकाका उप प्रमुख सुशिला मिश्र भट्टले नागरिकले सूचनाको हकको कार्यान्वयन नगरे सम्म सुशासन प्रवद्र्धन नहुने बताईन । उनले भनिन्,पहिलो कुरो भनेको नै सार्वजनिक निकायबाट सम्पादन हुने कामका बारेमा जनताले जान्न पाउनु पर्छ त्यसले भष्टाचार न्यूनिकरण हुन्छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया