सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कर्णालीमै मिर्गौला प्रत्यारोपण

सुर्खेत : कर्णाली प्रदेशमै मिर्गौलाको प्रत्यारोपण सेवा उपलब्ध हुने भएको छ। कर्णालीको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालले कर्णालीमै पहिलो पटक मिर्गौला प्रत्यारोपणको सेवा सुरु गर्न लागेको हो। आउने शनिबार पहिलो पटक प्रदेश अस्पताल सुर्खेतमा दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गरिँदैछ।

स्वास्थ्य सेवा विभागबाट अनुमति पाएसँगै सेवा सुरु गर्न लागिएको अस्पतालका निर्देशक प्रा.डा. डम्बर खड्काले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताए। मिर्गौला प्रत्यारोपण सेवाका लागि भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच गत चैतमा सम्झौता भएको थियो।

पहिलो पटक आगामी शनिबार सहिद धर्मपाल मिर्गौला प्रत्यारोपण केन्द्र भक्तपुरबाट आउने डा. पुकार श्रेष्ठको नेतृत्वको विशेषज्ञ डाक्टरहरूको टोलीले प्रदेश अस्पताल सुर्खेतमा दुई जना बिरामीको मिर्गौला प्रत्यारोपण गर्नेछन्। त्यसपछि प्रदेश अस्पताल सुर्खेतले नियमित यो सेवा दिने बताइएको छ। प्रदेश अस्पतालले २०७४ देखि डाइलासिस सेवा दिँदै आएको छ। चालू आर्थिक वर्षदेखि आईसीयू र पोस्टअपमा डाइलासिस सेवा विस्तार गरिएको अस्पतालका निर्देशक डा. खड्काले बताए।

मिर्गौला प्रत्यारोपण सेवाका लागि भौतिक संरचना र उपकरणको व्यवस्थापन भइसकेको उनको भनाइ छ। उनले अब कर्णालीवासीलाई मिर्गौला प्रत्यारोपणका लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताए। मिर्गौला प्रत्यारोपणका लागि बिरामीले ठूलो रकम खर्च गर्नु नपर्ने प्रा.डा. खड्का बताउँछन्। ‘सरकारले उपलब्ध गराउने रकममै मिर्गौला प्रत्यारोपण हुन्छ। बढीमा एक÷डेढ लाख रुपैयाँ खर्च हुन सक्छ। बिरामीले ठूलो रकम खर्च गर्न पर्दैन’, निर्देशक प्रा.डा. खड्काले प्रस्ट पारे।

हाल प्रदेश अस्पताल सुर्खेतमा विभिन्न १५ वटा विभागहरूले सेवा दिइरहेका छन्। यो अस्पतालमा सुविधा सम्पन्न अस्पतालमा पाउने सेवाहरूमा ९८ प्रतिशत सेवा सञ्चालनमै छ। अस्पताल निर्देशक डा. खड्काले भने, ‘विगतमा यस अस्पतालमा मिर्गौला डायलासिस सेवा मात्र थियो। अब प्रत्यारोपाण गर्ने सेवा पनि सञ्चालन गर्न लागेका छौं। अब प्रदेश अस्पतालमा एमआरआई सेवा मात्र उपलब्ध गर्न सकिएको छैन। त्यसका लागि भवन निर्माणको काम भइरहेको छ। आउने चैत महिनाबाट उक्त सेवा पनि दिन सुरु गरिनेछ।’ हाल प्रदेश अस्पताल २ सय ९७ बेडको छ। यसलाई ५ सय शय्याको अस्पताल बनाउनका लागि भवन निर्माण गर्न ठेक्का प्रक्रिया भइरहेको छ। भौतिक पूर्वाधार निर्माण गरिसकेपछि केही वर्षमै पाँच सय शय्या अस्पताल सञ्चालन गर्ने उनले बताए। हाम्रो अस्पताल सरकारी अस्पतालहरूको तुलनामा सबैभन्दा छिटो सेवा दिने अस्पताल हो।

प्रदेश अस्पताल सुर्खेतमा विगतका वर्षहरूको तुलनामा चालू आर्थिक वर्षमा बिरामीको चाप निकै बढेको छ। अस्पतालले सार्वजानिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षभरि ओपीडीमा ४९ हजार ४ सय ३० जनाले सेवा लिएकोमा चालू आर्थिक वर्षको साउनदेखि पुससम्म ८४ हजार २ सय ८८ जना बिरामीले सेवा लिएका छन्। यस्तै इन्डोरमा गत आवमा १० हजार ७ सय ४६ जनामा चालू आर्थिक वर्षमा ११ हजार ८ सय ९१ जना, गत आवमा इमरजेन्सीमा ७ हजार २ सय २६ जनामा चालू आर्थिक वर्षमा १० हजार ७ सय ८६ जना, गत आवमा सिटिस्क्यान १ हजार १ सय ७ जनामा चालू आर्थिक वर्षमा १ हजार ९ सय ८८ जना, गत आवमा एक्सरे १८ हजार ७ सय ९८ जनामा चालू आर्थिक वर्षमा २६ हजार ६ सय ३४ जना, यूएसजी गत आवमा १२ हजार ७ सय ३१ जनामा चालू आर्थिक वर्षमा २० हजार ५ सय ६२ जना, मेजर अप्रेसन गत आर्थिक वर्षमा १ हजार ९ सय २ जनामा चालू आर्थिक वर्षमा १ हजार ९ सय ४८ जना र डेलिभरी सेवा गत आर्थिक वर्षमा २ हजार ६ सय ४८ जनामा चालू आर्थिक वर्षमा २ हजार ७ सय ७४ जना बिरामीले सेवा लिएका छन्।

अस्पतालले चालू आर्थिक वर्षमा मिर्गौला प्रत्यारोपण सेवासहित फेको पद्धतिबाट आँखाको शल्यक्रिया सेवा थप गरेको छ। यो पद्धति नेपालमै पहिलो पटक सुरु भएको अस्पतालका निर्देशक प्रा.डा. खड्काले दाबी गरे। त्यस्तै, अस्पतालले थप ७ वटा मोडुलर ओटी सञ्चालन, अर्थोपेडिक सर्जिरी सेवा विस्तार गरेको जनाएको छ। अस्पतालले अर्थोपेडिक सर्जिरी सेवा हप्तामा ६ दिन र जनरल सर्जरी हप्तामा ४ दिन प्रदान गरिरहेको छ। एमआरआई मेसिन चैत्र मसान्तभित्र जडान भई सञ्चालन हुने अस्पतालले जनाएको छ। अस्पताल भवनको तला थपको टेन्डर प्रक्रियामा रहेको छ।

चालू आर्थिक वर्षको पुससम्म ओपीडी, इन्डोर, इमरजेन्सी, सिटिस्क्यान, एक्सरे, यूएसजी, मेजर अपरेसन र डेलिभरीसहित १ लाख ६० हजार ७ सय ७१ जनालाई सेवा प्रदान गरिसकेको जनाएको छ। हालको प्रदेश अस्पताल सुर्खेत जिल्लाको पुरानो सदरमुकाम गोठीकाँडामा वि.सं. २०१९ सालमा स्वास्थ्य केन्द्रको रूपमा स्थापना भई २०२४ सालमा सुर्खेत उपत्यकामा स्थानान्तरण भएको थियो। वि.सं. २०२९ सालमा १५ शय्याको जिल्ला अस्पताल, २०४९ सालमा २५ शय्याको जिल्ला अस्पतालमा सेवा विस्तार हुँदै २०६२ साल फागुन ७ मा ५० शय्याको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको रूपमा स्तरोन्नति भएको थियो। २०७५ कात्तिक १३ गते कर्णाली प्रदेश अस्पतालको रूपमा रूपान्तरण भएको अस्पतालले २ सय ९७ शय्यामा सेवा दिइरहेको छ। अन्नपुर्णबाट

  • १० माघ २०७९, मंगलवार ०७:०८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    खुसीका लागि मन, शरीर र समाजबीच सन्तुलन हुनुपर्छ : डा. समीम अख्तर
    लागु औषध गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU