दश लाखको लागतमा निशुल्क महोत्सब सम्पन्न
डीबी विष्ट कार्तीक १७ बझाङ । दश लाखको लागतका सुर्मा गाँउपालीका वडा नम्बर ३ मा रहेको युनीक मोसन युवा समाजका युवाहरुले संचालन गरेको निशुल्क महोत्सब शुक्रबार समापन भएको छ ।

एक औपचारीक कार्यक्रमका विच महोत्सब समापन भएको हो । एकै गाँउका एकै बाजेका सन्तानहरु मिलेर संचालन गरेको उक्त महोत्सबमा झण्डै दश लाख रुपैया खर्च भएको युनीक मोसन युवा समाजका कोषाध्यक्ष निमा बोहराले बताउनु भयो ।
गाँउपालीका बाट सहयोग नमीले पछी आफुहरुले प्रति परिवार बाट लागेको खर्च उठाएर ब्यावस्थापन गरीने निर्णय आफुहरुले गरेको उहाँले बताउनु भयो । अहिले सम्म चन्दा बाट १ लाख ५० हजार मात्रै संकलन भएको र बाँकी रकम आफुहरुले घर परिवार बट नै संकलन गरेको बताउनु भयो अहिले सम्म एक परिपवारले झयडै ३५ हजार भन्दा बढी संकलन गरी सकेको उहाँको भनाई छ ।

सुर्मा गाँउपालीकाका युवाहरुले गाँउपालीकामा पर्यटन भित्र्याउने उदेश्यले निशुल्क महोत्सब संचालन गरेका हुन् । सुर्मा गाँउपालीका भित्र रहेको सुर्मा सरोबर ताल, तातोपानी, सुर्मा गाँउपालीकाको धार्मीक मेला विरीजात, घाँसे मैदानहरुको प्रचार प्रशार गर्ने उदेश्यले राष्ट्रिय स्तरका कलाकारहरु आमन्त्रण गररी निशुल्क महोत्सब संचालन गरीएको स्थानीय बासिन्दा दिनेश बहादुर बोहराले बताउनु भयो ।
युनीक मोसन युवा समाजको आयोजनामा १३ गते देखी संचालन भएको महोत्सबमा राष्ट्रिय कलाकार लोकदोहोरी गायिका राधिका हमाल, दोहोरी गायक तथा हाँस्य कलाकार मनिस खड्का, डेउडा गायक लाल बहादुर धामी (अछामी बड्डो) को उपस्थिीत रहेको थियो । यस्तै टेली श्रीङ्खला मेरी बास्सैका हाँस्य कलाकार जानुका पौडेल, निर्मली खड्का को समेत महोत्सबमा उपस्थितीत रहेको थियो । महोत्सबमा मिस्टर आर.जे.र्यापर र डिके राउत डान्सरको समेत प्रस्तुती रहेको जनाईएको छ ।

अन्तराष्ट्रीय ब्यापारको अभियान, पर्यटकीय क्षेत्र सुर्मा हाम्रो पहिचान भन्ने मुल नाराका साथ कार्तीक १३ गते देखी संचालन भएको उक्त महोत्सब १६ गते समापन भएको युनीक मोसन युवा समाज सुर्मा गाँउपालीका ३ का अध्यक्ष धनराम बोहराले बताउनु भयो । सुर्मा गाँउपालीका वडा नम्बर ३ मा संचालन भएको उक्त महोत्सब सम्पुर्ण बझाङ जिल्ला बासीहरुले निशुल्क अवलोकन गर्ने मौका पाएका छन् ।
महोत्सब भने पछी शुल्क तिर्नु पर्ने भए पनी सुर्मा गाँउपालीकाका युवाहरुले निशुल्क महोत्सब संचालन गरेको देख्दा आफ्ुहरुलाई निकै खुःसी लागेको यहाँको वडा नम्बर ३ की ६० बर्षिया जलधारा बोहराले बताउृनु भयो । आफ्नो उमेरमा अहिले सम्म राष्ट्रीय स्तरका कलाकारहरु र टिभीमा देखेका मान्छेलाई आँखा अगाडी देख्न पाउदा निकै खुःसी लागेको ६० बर्षिया जलधारा बोहराले बताउन भयो । यस्तै आफुजस्तै धेरै बुढापाका र बालबालीकाहरु पनी खुःसी भएको उहाँको भनाई छ ।

महोत्सबमा कलाकारको माद्यम बाट लोभ हुन थालेका अन्न बालीहरुको पनी जगेर्न गर्ने उदेश्य रहेको युवा समावका अध्यक्ष बोहराले बताउनु भएको छ । केही बर्ष पहीला सुर्मा गाँउपालीकाको मुख्य बालीका रुपमा रहेको कोदो, मास्रो,फाँपर लगायतका बाली लोभ भएका कारण यसको जगेर्ना गर्नका लागी पनी महोत्सब संचालन गरीएको उहाँको भनाई छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया