श्रीकृष्ण माबिमा भक्त ठकुल्लाको सहयोगमा बिद्युतिय हाजिरी
निराजन परियार धनगढी । अछाम जिल्लाको साफेवगर नगरपालिका वडा नम्बर ५ नवाठानामा रहेको श्रीकृष्ण माध्यामीक बिद्यालयमा बिद्युतिय हाजिरी सुरु गरिएको छ ।

शिक्षकहरु समयमा बिद्यालय नआउने र केही दिन आएर महिनाभरीको हाजिरी लाउने जस्ता काम भई रहेको स्थानियबाट गुनासो आएको थियो । त्यस्ता कार्यलाई नियन्त्रणमा ल्याउनका लागि बिद्युतिय हाजिरी सुरु गरेको श्री गगन चन्द्रा भक्त ठकुल्ला समाजका अध्यक्ष तथा समाजसेवी भक्तबहादुर ठकुल्लाले बताए ।
उनले श्री गगन चन्द्रा भक्त ठकुल्ला समाजको सहयोगबाट बिधुतिय हाजिरी मेसिन बिद्यालयलाई सहयोग गरेको बताए ।

पछिल्लो समयमा शिक्षकहरु बिद्यायल नआएर बिद्यालयको शैक्षिक अवस्था क्रमीक रुपमा खस्कदै गएको प्रति चिन्ता व्यक्त गर्दै ठकुल्लाले बिद्युतिय हाजिरी अनिर्वाय गर्नुपर्ने देखिएकोले सहयोग गरेको उल्लेख गरे ।
पछिल्लो समयमा श्री कृष्ण माध्यामिक बिद्यालयको शैक्षिक अवस्था कमजोर हुदै जानुमा मुख्य कारण शिक्षकहरु नै बिद्यालय नआउने गरेकोे स्थानियको आरोप रहेको छ । सोही बिद्यालयका शिक्षकहरुको लापरर्वाहीले गर्दा पठन पाठन र नियमित कक्षाहरु समेत नहुने गरेको बिद्यार्थीहरुले गुनासो रहेको छ ।
आजबाट सञ्चालनमा आएको बिद्युतिय हाजिरीले शिक्षकहरुलाई समयमा बिद्यालय आउने र जाने बेलामा हाजिर गरेर मात्र जानुपर्ने भएकाले अब केही सुधार हुने आशा स्थानिया रहेको छ ।

प्रतिनिधि सभाका सदस्य राम ब बिस्टज्यूको प्रमुख आतिथ्यमा उक्त बिद्युतिय हाजिरीको एक कार्यक्रमका बिच उद्घाटन गरिएको थियो ।
शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्ने उदेश्यले स्थापना भएको श्री गगन चन्द्रा भक्त ठकुल्ला समाजले पछिल्ले समयमा बिभिन्न सामाजिक कामहरु गर्दै आएका छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया