सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

वर्षमान पुनलाई कलेजो प्रत्यारोपणको तयारी,कस्तो छ स्वास्थ्य अवस्था ?

चिकित्सकका अनुसार उनी ‘क्रिग्लर–नजर–टाइप टु सिन्ड्रोम’नामक दुर्लभ समस्याबाट पीडित छन् । यो वंशाणुगत रोग भएको बताइएको छ। पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविकरूपमा बढेको चिकित्सकले बताएका थिए ।

काठमाडौंः नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारमा संलग्न चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन् । सुमेरु अस्पतालमा उपचार गराइरहेका पुनको कलेजोमा समस्या देखिएपछि चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका हुन् ।पेटरोग विशेषज्ञ प्रा.डा.युवराज शर्माले पुनको लिभरमा असर देखिएका कारण प्रत्यारोपणको सुझाव दिएको अन्नपूर्णलाई बताए ।  लामो समयदेखि पुनको उपचारमा स‌ंलग्न शर्माले अन्नपूर्णसँग भने,’ ‘फाइनल ट्रीटमेन्ट भनेको अब उहाँको लिभर फेर्नै पर्छ कि भन्ने हो । पेटमा पानी आएपछि कलेजोलाई कमजोर बनाएको प्रमाण देखियो । ’

पुनको पेटमा पानी जम्ने समस्या देखिएको थियो । डा.शर्माले भने,‘चाइनाबाट फर्किएपछि लिभरमा कमजोरीपन बढ्यो । र,केहि दिनअघि रोल्पाबाट फर्किएपछि उहाँको पेटमा पानी धेरै बढेको रहेछ । असजिलो भएपछि हामी कहाँ आउनुभयो । जण्डिस त छदैछ । लिभरमा अलिकति असर गरेको देखिएको छ । पेटमा पानी बढेर उपचार गरेपछि अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर छ । कम्फरटेबल हुनुहुन्छ  । उहाँ स्टेबल हुनुहुन्छ ।’

पुनका आफन्त भने चिकित्सकको परामर्शपछि कलोजो प्रत्यारोपणका लागि आवश्यक तयारीमा जुटेका छन् । गत शनिबार पुन अस्पताल भर्ना भएका थिए ।

चिकित्सकका अनुसार उनी ‘क्रिग्लर–नजर–टाइप टु सिन्ड्रोम’नामक दुर्लभ समस्याबाट पीडित छन् । यो वंशाणुगत रोग भएको बताइएको छ। पुनको शरीरमा देखिएको जण्डिसको मात्रा अस्वभाविकरूपमा बढेको चिकित्सकले बताएका थिए ।

चिकित्सकका अनुसार ‘क्रिग्लर नजर सिम्टम’भनेको सानो उमेरदेखि वा जन्मजात नै हुने जण्डिस टाइपको एक प्रकारको रोग हो जण्डिस भएपछि मानिसमा पहेंलोपना आउने कारकलाई (बीलीरुबीन)भन्छौं ।

पछिल्लो पटक पुन गत मंसिर १६ गते फलोअपका लागि चीन गएका थिए। उनी उपचारका लागि चीनको सेनजेनस्थित थर्डपिपुल्स अस्पताल जाने गरेका छन्। त्यसअघि २०७८ मंसिरमा पनि पुन उपचारका लागि त्यहाँ पुगेका थिए।

पुनको स्वास्थ्य अवस्था प्रा.डा.युवराज शर्माकै शब्दमा

पुनको लिभरमा प्रोबलम देखा परेको हो । उहाँमा पहिलेदेखिनै आनुवांसिक जण्डिसको समस्या छ । यस्तो अवस्थामा पीत्त सधैं बढिरहने हुन्छ । चाइनाबाट फर्किएको केहि समयपछि लिभरमा कमजोरीपन बढ्यो । र,लिभरमा कमजोरी पनि बढिसकेपछि केहि दिनअघि रोल्पाबाट फर्किएपश्चात् उहाँको पेटमा पानी धेरै बढेको रहेछ । पेटमा पानी धेरै बढेपछि असजिलो भयो । र,यहाँ आएपछि हामी कहाँ आउनुभयो । जण्डिस त छदैछ । पेटमा पानी बढेपछि लिभरमा अलिकति सर गरेको देखिएको छ । पेटमा पानी बढेपछि उपचार गर्‍यौं र पानी निकाल्यौं । अहिले उहाँको स्वास्थ्य अवस्था स्थिर छ । कम्फरटेबल हुनुहुन्छ  । पुरै बिरामी ठिक भन्दा पनि अहिले उहाँ स्टेबल हुनुहुन्छ । फरदर प्लानिङको बारेमा उहाँलाई जे उपचार चाहिने हो हामीले चलाइरहेका छौं । फाइनल ट्रीटमेन्ट भनेको अब उहाँको लिभर फेर्नै पर्छ की भन्ने लाइनमै हामीले सोचिरहेका छौं । पेटमा पानी  आएर पछि गएर कलेजोलाई कमजोर बनाएको प्रमाणहरु धेरै आयो । दौडधुप, इन्फेक्सन,स्ट्रेसले पनि पेटमा पानी बढेको हो । अहिले पेटमा पानी बढेको उपचारमार्फत् कन्ट्रोलमा छ । भविष्यमा फाइनल ट्रीटमेन्ट भनेको प्रत्यारोपणमै जानुपर्छ जस्तो अवस्था देखिएको छ । नेपालमा कलेजो प्रत्यारोपण भर्खरै सुरु भएको छ । प्रत्यारोपण राम्रो हुने ठाउँमा जानुपर्छ की जस्तो देखिन्छ । उहाँहरुले पनि पहल गर्दै हुनुहुन्छ । मैले एडभाइस गरेको छु । अन्नपुर्णबाट

  • ४ माघ २०७९, बुधबार ०८:२५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    खुसीका लागि मन, शरीर र समाजबीच सन्तुलन हुनुपर्छ : डा. समीम अख्तर
    लागु औषध गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU