सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

लगानी भित्र्याउन कानुनी अल्झ्न हटाइने

काठमाडौं : गैरआवासीय नेपालीले नेपालमा लगानी गर्न चाहे पनि कानुनी अल्झन रहेको बताएका छन्। अर्थमन्त्री विष्णु पौडेललाई भेट गर्दै संघका पदाधिकारीले लगानीका लागि कानुनी अल्झन हटाउन माग गरे।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले विदेशमा रहेका लाखौं नेपाली नेपालमा लगानीका लागि उत्साहित भए पनि कानूनी र नीतिगत समस्या परेको बताइन्।

अध्यक्ष थापाले विदेशमा रहेका नेपालीलाई बिना कुनै उल्झन लगानी गर्न पाउने वातावरण निर्माण गर्न आग्रह गरिन्। कार्यकारी अध्यक्ष थापाले गैरआवासीय नेपालीले कानुनी रुपमा भोग्नु परेका व्यवधानलाई सम्बोधन गरिदिन अनुरोध गरिन्।

संघका अध्यक्ष डा. बद्री केसीले गैरआवासीय नेपालीको लगानी अभिवृद्धि गर्नका लागि नेपाली नागरिक सरह लगानीको व्यवस्था गर्नुपर्नेमा जोड दिए।  अध्यक्ष केसीले नेपाल सरकारको समन्वय, सहकार्य तथा लगानीसहित नेपालभित्र १० अर्ब बराबरको एनआरएन नेपाल डेभलपमेन्ट फन्ड कम्पनी कार्यान्वयनमा ल्याउनका लागि समस्या भएको बताए।

कम्पनीको कार्यक्षेत्र तथा एनआरएनले लगानी भित्र्याउन धितोपत्रसम्बन्धी नियम, लगानीको स्वीकृति विधि, लगानीको लेखांकन विधि, लगानीको प्रतिफल फिर्ता विधि तथा धितोपत्रको कारोबार विधिलगायतको निर्माण तथा संशोधन गरी तुरुन्त काम अगाडि बढाउन आग्रह गरे।

अध्यक्ष केसीले गैरआवासीय नेपाली ऐन लगायत गैरआवासीय नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र त्यससम्बन्धी नियमावली तथा आदेशमा संशोधनसहित लगानी सम्बन्धमा विद्यमान न्यूनतम २ करोडको मापदण्ड हटाउन पहल गरिदिन पनि आग्रह गरे।

डलर खाता सञ्चालनमा देखा परेका प्राविधिक समस्या समाधान गर्न, ‘एनआरएन नेपाल डेभलपमेन्ट फनड’लाई अघि बढाउन देखा परेका कानुनी र व्यावहारिक कठिनाइ समाधानका लागि अन्तर मन्त्रालयगत समन्वय गरेर समस्या सम्बोधन गरिदिन आग्रह गरे। वैदेशिक रोजगारीबाट आउने विप्रेषणलाई वैधानिक च्यानलमार्पmत ल्याउन प्रोत्साहन गर्न २ प्रतिशतसम्म प्रिमियम उपलब्ध गराउने गरी व्यवस्था गर्न अध्यक्ष केसीले आग्रह गरे।

अध्यक्ष कुल आचार्यले  गैरआवासीय नेपाली नागरिकताको विषयलाई तत्काल टुंगो लगाउन आग्रह गरे।
सो अवसरमा अर्थमन्त्री पौडेलले गैरआवासीय नेपाली संघका प्रतिनिधिसहितको एउटा छुट्टै संयन्त्र बनाएर यथाशक्य छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

सबै मन्त्रालयका प्रतिनिधिसहित एकै ठाउँमा राखेर छलफल गरी समाधान निकाल्ने पौडेलले बताए। गैरआवासीय नेपाली नागरिकताको विषय छिट्टै टुंगिने उनको भनाइ छ।

लगानीका लागि मार्ग प्रशस्त गर्न आफू प्रतिबद्ध रहेको अर्थमन्त्री पौडेलले  बताए।  लगानीका लागि प्रोत्साहन गर्नेमा विश्वस्त रहन उनले आग्रह गरे। अन्नपुर्णबाट

  • ४ माघ २०७९, बुधबार ०६:१८ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    एकै दिन साढे २० हजारले बढ्यो सुनको भाउ
    पेट्रोलमा मिसाउन योग्य इथानोल उत्पादनका लागि उत्पादकलाई आह्वान ।
    ५ हजारभन्दा बढी सरकारी कार्यालयको लेखापरीक्षण, एकै बर्षमा थपियो ८८ अर्ब बेरुजु ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU