सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

थारू समुदायको आफ्नो मौलिक गित मार्फत गाउँको विकास हुनु पर्ने कुरामा जोड

धनबहादुर बिक, कृष्णपुर । कञ्चनपुर बृहत माघिमिलन कार्यक्रममा थारू समुदायले आफ्नो मौलिक गित मार्फत गाउँको विकास हुनुपर्ने बिषयमा जोड दिएका छन । कृष्णपुर नगरपालिका वडा नम्बर ९ र बनदेवी सामुदायिक बन तथा कृष्णपुर काे संयुक्त आयोजनामा मंगलबार बृहत माघि मिलन कार्यक्रम सम्पन्न भएको छ ।

वनदेवी सामुदायिक वन उपभोक्ता समुहको प्राङ्गणमा मनाइएको बृहत माघि मिलन कार्यक्रममा नगर प्रमुख हेमराज ओझा उप प्रमुख द्रौपति रानाको उपस्थितिमा स्थानीयले मौलिक गित मार्फत आफ्नो टोल विकासको माग गरेका हुन ।

कार्यक्रममा प्रमुख अतिथि आसनबाट बोल्दै नगर प्रमुख ओझाले तल्लो राजघाट देखि पिपरिया जोडने सडकको लागि डिपिआर कार्य सुरु भईसकेको जानकारी गराउदै उक्त सडकमा पर्ने पुलपुलेसाको काम पनि छिटोभन्दा छिटो निर्माण गरिने बताउनु भयो । थारू समुदायको सांस्कृतिक विकासका लागि वडाले माघि मिलन कार्यक्रमको आयोजना गरेको हाे।

माघि मिलन कार्यक्रम संगै तीन महिने आधारभुत कम्यूटर तालिम समापन कार्यक्रमका समेत गरिएको थियो उक्त अवसरमा नगर प्रमुख ओझाले भने नगरपालिकाले आयोजना गरेको तालिमले बेरोजगार युवाहरूलाई रोजगार को वातावरण सृजना गर्ने र छिटै नै नगरपालिकाले तालिम लिने युवायुवतीहरूको परिक्षा गरि नगरपालिका बाट केही रोजगारीका लागि सुचना प्रकाशित गरिने जानकारी दिनुभयो ।

तीन महिने कम्प्युटर तालिममा सहभागी १३ जनालाई नगर प्रमुख ओझाले प्रमाणपत्र प्रदान गरेका थिए । थारू समुदायको सांस्कृतिक विकासका लागि वडाले गरेको बृहत माघि मिलन कार्यक्रममा नगर प्रमुख ओझाले नगरपालिका को तर्फबाट शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा वडा अध्यक्ष कैलास बलायरले कृष्णपुरमा रहेका चारवटा सामुदायिक बन र नगरपालिका बिच तालमेल मिल्न सके कृष्णपुर नगरपालिका मा आवस्यक विकास गर्न सकिने धारणा राख्नुभएको थियो ।

वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारीको अध्यक्षतामा मनाइएको माघि मिलन कार्यक्रम मा प्रमुख अतिथि कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझा रहनु भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि मा कृष्णपुर नगरपालिका उप मेयर द्रौपति राना वडा नम्बर ९ का अध्यक्ष कैलाश बलायर, सब डिभिजन कार्यालय पिपरियाका प्रमुख नवीन सिंह , वडा सदस्य कालिका चौधरी, वडा सदस्य सदस्य सलिता बिक, सिएफसिसि कञ्चनपुरका जिल्ला सहसचिव पुनाराम चौधरी लगायत ,हेका थिए ।

अतिथिमा जानकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकाश भट्ट, नमुना सामुदायिक वनका अध्यक्ष रामदास चौधरी, लगायत समाजसेवी, बुद्धिजीवी, शिक्षक लगायतको उपस्थिति रहेकोे थियोे । उक्त कार्यक्रममा मघौटा नृत्य प्रस्तुत गरिएको थियो ।

  • ३ माघ २०७९, मंगलवार १३:३५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU