सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

पहिलो पटक शसत्र प्रहरीको टोली बझाङ

डीबी विष्ट कार्तिक १५ बझाङ । जिल्लाको शान्ति सुरक्षाको लागी थपबल दिन शसत्र प्रहरीबलको एक टोली स्थाई रुपले बझाङमै बस्ने गरि पहिलो पटक सदरमुकाम चैनपुर आएको छ ।

यस अगाडी नेपाल प्रहरी नेपाली सेना रहेको जिल्लामा शसत्र प्रहरी आएपछि सरकारका तिनवटै सुरक्षा निकायको जिल्लामा उपस्थिती भएको छ ।


शसत्र प्रहरी नायव उपरिक्षक भुवनराज पन्तको नेतृत्वमा ३० जना शसत्र प्रहरीको टोली मंगलवार जिल्लामा आएर चैनपुरमा रहेको तत्कालिन कृषि विकास कार्यालयमा क्याम्प बनाएर बसेको छ ।

गत जेठ २७ गते नेपाल सरकारले शसत्र प्रहरीलाई देशभरका सवै जिल्लामा उपस्थित गराउने र्निणय अनुसार सुदुरपश्चिमका बाजुरा र बझाडमा पहिलो पटक शसत्र प्रहरीबलको टोली पठाएको टोलीमा आएका शसत्र प्रहरीका डिएसपी भुवनराज पन्तले जानकारी दिए ।
बझाडका लागी १ सय ४१ जनाको दरबन्दी भएपनि सुरुमा क्याम्प व्यवस्थापन गर्न समस्या हुने भएकाले ३० जनाको मात्र टोली आएको छ । क्याम्प व्यवस्थित भएपछि दरबन्दी अनुसार सवै जनशक्ति आउने भएको पनि डिएसपीको भनाई छ ।

सुदरपश्चिमका सवै जिल्लामा शसत्र प्रहरीको कार्यालय भई सकेको र बाजुरा र बझाडमा मात्र बाँकी भएकाले दुवै जिल्लामा एकै दिन शसत्र प्रहरीबल न .३६ गठ दिपायल वाट टोली आएको हो ।

जिल्लामा सशत्र प्रहरी आएपछि बुंगोल नगरपालीकामा एउटा युनिट बस्ने र आवस्यकता हेरि सिमा क्षेत्र धुलीमा पनि शसत्र प्रहरीको युनिट बस्ने भएको छ ।
पहिलो पटक शसत्र प्रहरीबलको टोली जिल्लामा बस्ने गरेर आएपछि जिल्लावासीहरु हर्षित भएका छन् । जिल्लावासीहरुले पनि यस अगाडी पटक पटक बझाडमा शसत्र प्रहरीको बल आउनु पर्ने माग गर्दै आएका र उनिहरु आएपछि शान्ति सुरक्षामा थप राम्रो हुने नागरिक समाजका धर्मजंग सिंहले वताए ।

 

  • १५ कार्तिक २०७५, बिहीबार ०४:३० | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    जातीय विभेद अन्त्यको माग गर्दै ११८ दिनदेखि धर्नारत दीपा नेपाली भन्छिन्- ‘खगेन्द्र सुनार न संसद्‌मा देखिनुभयो न सडकमा’

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU