कैलालीको गोदावरी नगरपालिकाले गर्योल दाउरा वितरण
धनगढी: कैलालीको गोदावरी नगरपालिकाले दाउरा वितरण गरेको छ। चिसो बढेसँगै गोदावरी नगरपालिकाले अत्तरिया बजारमा दाउरा वितरण गरेको हो। बढ्दै गएको चिसो र शितलहरलाई मध्यनजर गर्दै नगरपालिकाले दाउरा वितरण गरेकोे नगरप्रमुख विरेन्द्र भट्टले बताए।
उनले चिसो मौसममा व्यापार व्यवसाय गर्ने व्यवसायीहरुलाई असर परेको र बजारमा आउने यात्रुहरुलाई पनि असर परेको बताए। उनले नगरबासीहरुलाई शितलहरबाट बचाउन दाउरा वितरण गरिएको साथै चिसो समयभरी नै नगरले दाउरा वितरण गर्ने उनले जानकारी दिए। दिनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया