‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम डोटीमा
प्रकाश बम कात्तिक १२ डोटी । ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासाथ शान्तिसुरक्षा, समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको डोटीमा पनि एक कार्यक्रमका बिच शुभारम्भ गरिएको छ ।
प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँग साझेदारी रहने गरी डोटी लगायत देशभर एकैसाथ उक्त कार्यक्रमको शुभारम्भ गरेको हो ।

डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदिले व्यानर पढेर कार्यक्रम शुभारम्भ भएको घोषणा गर्नु भएको थियो । कार्यक्रमको अवधारणा प्रस्तुत गर्दै प्रहरी उपरीक्षक बिद्या नन्द माझिले समाजमा शान्ति सुरक्षामा समुदायसँग समन्वय गर्दै अगाढी बढ्ने योजना तथा लक्ष्य प्राप्त गर्न अभियान सहयोगसिद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहित समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने प्रहरी उपरीक्षक माझिले बताउनु भयो ।
अपराधिक घटना न्यूनिकरण गर्न ‘समुदाय–प्रहरी साझेदारी’ अभियानले निक्कै ठुलो भुमिका खेल्ने शिखर नगर पलिकाका नगर प्रमुख सिताराम जोशिले बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगर पालिकाका नगर प्रमुख मन्जु मलासिले जिल्लामा शान्ति सुरक्षा कायम गर्न यसले महत्व भुमिका खेल्ने र यसमा सबै जन प्रतिनिधिको सहयो रहने समेत प्रति बद्धता व्यक्त गर्नु भयो ।
अपराध रोकथाम, सामाजिक विकृति विसङ्गतिविरुद्ध जनचेतना फैलाउन यस कार्यक्रमले सहयो गर्ने जिल्ला समन्वय समितिका संयोजक राम ऐरले बताउनु भयो ।
प्रहरी प्रधान कार्यालयको आयोजना तथा जिल्ला प्रसाशन कार्यलय डोटी र जिल्ला प्रहरी कार्यलय डोटीको आयोजना उक्त कार्यक्रमको आयोजना गरीएको हो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया