कपडा बैंकलाई लायन्स क्लव अफ धनगढीबाट ५ सय थान कपडा सहयोग
धनगढीः धनगढीको कपडा बैंकलाई लायन्स क्लव अफ धनगढी समृद्धिले ५ सय थान कपडा सहयोग गरेको छ। क्लवले शिवपुरी धाममा रहेको कपडा बैंकलाई १ सय जोडी जुत्ता चप्पल समेत सहयोग गरेको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताए।
लायन कमला भट्टराई र कृष्ण शर्माको छोरी आरोही शर्माको जन्मदिनको अवसर पारेर मंगलबार कपडा र जुत्ता चप्पल प्रदान गरिएको हो। कपडा बैंकलाई लत्ता कपडा हस्तान्तरण गर्न अध्यक्ष लायन इन्दिरा सापकोटा लम्साल, लायन विन्दु गहतराज, लायन सविता पौडेल र लायन गोविन्दी भट्टको उपस्थितिमा कपडा प्रदान गरिएको थियो।दिनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया