कैलालीमा ९ किलो चरेस सहित १ जना पक्राउ
धनगढी: कैलालीको अत्तरियाबाट ९ किलो चरेस सहित १ जना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–२ बसपार्कमा कलक जप्रेलले संचालन गरेको नबिन होटलबाट चरेस सहित बझाङ् दुर्गाथली गाउँपालिका–७ काँडा बस्ने ३६ बर्षीय यम राज दौल्याल पक्राउ परेका हुन्।
उनलाई होटलको १०१ नम्बर कोठाबाट सादा पोसाकमा खटिएका प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका दौत्यालको साथबाट चरेश जस्तो देखिने कालो बस्तु कट्टा सहित ९ किलो ३४० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।दिनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया