भक्तपुरमा निःशुल्क लोकसेवाको कक्षा सञ्चालन हुने
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिकाले लोक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ। नगरपालिकाले युवाहरूका लागि सो कक्षा निःशुल्क सञ्चालन गर्ने भएको हो।
सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद कँडेलले आजबाट फारम भर्न सुरु भएको जानकारी गराए। उनले मंसिर १७ गतेसम्म फारम भर्न पाउने जनाएका छ।
सूचनामा वार्षिक बजेट तथा कार्यक्रमअनुसार नगरपालिकामा स्थायी बसोबास गर्ने लोकसेवा तयारी कक्षा लिन इच्छुक युवा युवतीलाई सहयोग गर्ने उद्देश्यले निः शुल्क लोकसेवा तयारी कक्षाको संचालन गर्न लागेको उनले भनाइ छ।
साथै उनले नगरपालिको १० वटै वडामा नै कक्षा सञ्चालन गर्ने बताए। त्यसका लागि १८ वर्ष उमेर पूरा भएको, कक्षा १२ उत्तीर्ण गरेको तथा सम्बन्धित वडा कार्यालयको सिफारिस जरुरी रहेको नगरपालिकाले जनाएको छ। अन्नपुर्णबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया