डा. प्रमोद जोशी चिकित्सक संघको कोषाध्यक्षमा निर्विरोध निर्वाचित
धनगढी: नेपाल चिकित्सक संघको कोषाध्यक्षमा डा.प्रमोद जोशी निर्विरोध निर्वाचित भएका छन्। नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका उनी (प्रजातान्त्रिक समूह)का तर्फबाट निर्विरोध निर्वाचित भएका हुन्।
डा.जोशी गेटा मेडिकल कलेजका निर्देशक समेत हुन्। नेपाल चिकित्सक संघको माघको पहिलो साता उपत्यका बाहिर र तेस्रो साता काठमाडौं उपत्यकामा मतदान हुने संघले जनाएको छ। संघका लागि ४१ जनाले उम्मेदवारी दर्ता गराएका थिए। िदनेश खबरबाट
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया