समाचारको प्रभावः खप्तड छान्ना गाँउपालीकामा भाडा दर घट्यो
डीबी विष्ट असोज २८ बझाङ । तोकीएको दरको दोब्बर भन्दा बढी भाडा लिने गरेको समाचार अनलाईनमा प्रकाशित भए पछी खप्तड छान्ना गाँउपालीकाले भाडा दर घटाई कार्यान्वयन गरेको छ । आईतबार जीप व्यावसायीहरु संग गाँउकार्यपालीकाले समन्वय तथा छलफल गरे पछी भाडा दर घटाएको हो । अब यहाँका स्थानीय बासिन्दाहरु तोकीएकै दरमा भाडा तिर्नु पर्ने गाँउपालीकाका अध्यक्ष बर्क बहादुर रोकायाले बताउनु भएको छ । तमैल देखी कालुखेती सम्मको भाडा दर यस अघि जीप व्यावसायीहरुले २५० देखी ३०० समय सम्म मनोमानी ढंगले लिने गरेका भए पनी उक्त भाडा दर घटाएर १४० बनाईएको छ । यस्तै खप्तडछान्न गाँउपालीकामा चल्ने गडराय रुट, लम्तडा रुट र पौवागडी रुटमा भाडा दर घटाईएको खप्तड छान्ना गाँउपालीकाका अध्यक्ष रोकायाले जानकारी दिनु भएको छ ।
महंगो भाडादरका विषयमा आफुलाई जानकारी नभएकोसमाचार प्रकाशति पश्चात आफुलाई जानकारी भएको र तत्कालै कार्यपालीकाको बैठेक बसि जीप धनी र जीप चालकहरु संग छलफल गरी भाडादर कार्यान्वयन गरेको अध्यक्ष रोकायाले जानकारी दिनु भयो । जीपको भाडादर घटेको खबर सुने पछी आफुहरुलाई निकै खुःसी लागेको स्थानीय बासिन्दा ऐन बहादुर रोकयाले बताउनु भएको छ । आफु मात्रै नभई यहाँका सर्व साधारण ब्यक्तीहरु समेत निकै खुसी भएको उहाँको भनाई छ । जनताका समस्याहरु बुझेर समाचार प्रकाशन गरी दिएकोमा गाँउपालीकाका अध्यक्षले धन्यबाद समेत ज्ञापन गर्नु भएको छ । गाँउ कार्यपालीकाको निर्णय अनुसार धाडा दर भन्दा कोही कसैले बढी भाडा लिएकोे खण्डमा गाँउपालीकामा जानकारी गर्न समेत गाँउपालीकाका अध्यक्ष बर्क बहादुर रोकायाले सबैलाई अनुरोध गर्नु भएको छ । भाडा दर भन्दा बढी भाडा लिने मनोमानी गर्ने जीप ब्यावसायीहरुलाई गाँउकार्यपालीकाको निर्णय अनुसार जरीवाना गर्ने समेत रोकायाले बताउनु भएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया