सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

दलित बहुउद्देश्यीय सहकारीको नवनिर्मित भवनको अवलोकन

धनबहादुर बिक, पुनर्वास । दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नवनिर्मित भवनमा पुनर्वास नगरपालिका नगर प्रमुख तथा उप प्रमुखबाट अवलोकन तथा स्वागत कार्यक्रमको आयोजना गरिएको छ ।

संस्थाका अध्यक्ष चन्द्रबहादुर मगरको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख तोया प्रसाद शर्मा र बिशिस्ट अतिथि उप प्रमुख भुलिया कुमारी राना रहनु भएको थियो ।

कार्यक्रम सञ्चालन गर्दै व्यवस्थापक दानबहादुर रावलले सहकारीले सञ्चालन गर्दै आएको र कार्यक्रम आगामि दिनमा सहकारीले सुरुवात गर्न खोजेको बारे जानकारी गराएका थिए । तीन हजार भन्दा बढी सेयर सदस्य रहेको दलित बहुउद्देश्यीय सहकारीको पुनर्वास नगरपालिका वडा नम्बर ३ आईवीआरडीमा प्रधान कार्यालय रहेको छ ।

साविक परासन गाविस, साविक बाईसिबिचवा गाविस र बेलौरी नगरपालिकामा शाखा विस्तार गरि सृवा प्रवाह गर्दै आएको छ । सहकारीले घरेलु ग्यास सिलेण्डर, किसानलाई सहज ढंगले रसायनिक मलखादको व्यवस्थापन कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ भने निकट भबिस्यमा शुद्ध दलहन तथा तेलहन को कार्यक्रम सञ्चालनमा ल्याउने तयारी गरेको जानकारी गरिएको थियो । किसानले उत्पादन गरेका विभिन्न दाल र तोरी खरिद गरि सहकारी द्वारा नै शुद्ध तेल र दाल तयार गरि सुफत मुल्य मा बिक्रीवितरण गरिने सहकारीले योजना ल्याउन लागेको कुरा दलित सहकारीका व्यवस्थापक दानबहादुर रावलले जानकारी दिए ।

सो अवसरमा नगर उपप्रमुख भुलिया कुमारी रानाले पुनर्वासमा रहेका सहकारी संस्थालाई व्यवस्थित तथा जनमुखी बनाउने जिम्मेवारी स्थानीय सरकारको रहेकोले सहकारीले लिएको सकारात्मक लक्ष्य पूरा गर्न स्थानीय सरकार सहयोग गर्न तत्पर रहने कुरा बताउनु भयो ।

उपप्रमुख रानाले एउटै बिषय र उदेश्य मेल खाने सहकारी लाई मर्ज गर्न सकियो भने अझ उपलब्धि मुलक हुनसक्ने कुरा ओेोल्याउनु भयो, दलित बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गर्न खोजेका कार्यक्रम अत्यन्तै रचनात्मक र जनतामुखी छन ।

राम्रा कामका लागि सहकारी ले लिएको सकारात्मक लक्ष्य पूरा गर्न स्थानीय सरकार सहयोग गर्न संधै तत्पर रहनेछ रानाले बताउनुभयो । सो अवसरमा नगर प्रमुख तोया प्रसाद शर्मा ले दलित बहुउद्देश्यीय सहकारी संस्था पुनर्वास मै एक नम्बरको सहकारी मा विकास हुँदै गरेको आफुले महसुस गरेको बताउदै धन्यवाद दिनुभयो ।

दलित सहकारी ले पुनर्वास का केही प्रतिशत जनताको जिवनस्तरमा आर्थिक उन्नति र प्रत्येक्ष जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकोमा नगर प्रमुख शर्माले सहकारी सञ्चालक लाई धन्यवाद दिनुभयो ।

सहकारी को दिगो विकास संगै पुनर्वास का जनता लाई प्रत्यक्ष लाभ हुने र उनिहरू को आर्थिक स्तरमा टेवा पुर्याउन सहकारी ले ल्याएको नितिगत कार्यक्रममा नगरपालिका सदैब लाग्नेछ नगर प्रमुख शर्माले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पुनर्वास का सफल सहकारी कर्मि तथा सहकारी बिज्ञ मिलेर नीति बनाउन आग्रह गर्दै स्थानीय सरकार का तर्फबाट हामी जुनसुकै सहयोग गर्न तयार छौ नगर प्रमुख शर्माले भन्नुभयो ।

  • २४ मंसिर २०७९, शनिबार १४:४४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव
    पुनर्वास को सानाकिसान कृषि सहकारीमा चोरी
    पुनर्वास मा परोपकार समाज का युवाहरू जुटे गाउँको सरसफाइमा

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU