सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

एसईईपछि कुन विषय पढ्ने ?
"प्राविधिक विषयमा आकर्षण "

काठमाण्डौ । अबको केही दिनमा एसईईको नतिजा आउँदैछ । फलामे ढोका मानिने एसईई पास गरेपछि विद्यार्थीहरुमा कुन विषय पढ्ने भन्ने चिन्ता र अन्यौलताले सताउँछ । आफ्नो नतिजाअनुसार सही निर्णय लिन नसक्दा कतिपय विद्यार्थीहरु पछि पछुताउने समेत गरेका छन् ।

एसईईपछि कस्तो खालको विषय पढ्ने ? त्यसका लागि कति खर्च लाग्छ ? त्यो विषय पढ्दा करिअर राम्रो बन्छ कि बन्दैन ? जस्ता प्रश्न हरेक विद्यार्थीको मनमा खेलिरहन्छन् ।​ एसईईपछि उच्च माध्यमिक तहको अध्ययनको सुरु हुन्छ । यही विन्दुबाट आफ्नो करियरको आधार तय गरिन्छ ।

उच्च माध्यमिक तहको जुन विषय पढिन्छ, त्यही मार्फत विद्यार्थीको करिअर बन्छ । त्यसैले समयमै सही विषय छान्नुभयो भने मात्रै त्यसले तपार्इंको करिअर राम्रो बन्छ । एसईई सकेपछि उच्च शिक्षामा प्राविधिक र अन्य विषय गरेर दुई किसिमका विषय छान्न पाइन्छ ।

प्राविधिक विषय पढ्न अलि खर्च बढी लाग्छ । त्योसँगै मेहनत पनि बढी चाहिन्छ । तर, यो विषय पढ्न सक्यो भने करिअर राम्रो हुन्छ । एसईई पास गरेका विद्यार्थीले कस्तो खालको प्राविधिक विषय पढ्ने भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।

प्राविधिक विषय

अहिले प्राविधिक विषयमा आकर्षण छ । नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले प्राविधिक विषय पढाउँछ । परिषद्का सदस्य सचिव जीवनारायण काफ्लेले प्राविधिक विषयतर्फ ४९ वटा कोर्षको पाठ्यक्रम तयार पारिएको बताए । ती सबै लागु हुन नसकेको उनको भनाई छ ।

अहिले गत वर्षदेखि नर्सिङको कार्यक्रम बन्द छ । राष्ट्रिय चिकित्सा शिक्षा ऐनका कारण एसईईपछि पढ्न पाइने नर्सिङ कार्यक्रममा भर्ना लिन नपाइएको काफ्लेको भनाई छ ।

परिषद्ले आफ्ना आंगिक, साझेदारी, सामुदायिक विद्यालय तथा निजी स्तरमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । एसईईपछि विद्यार्थीका लागि प्रमाणपत्र तह नर्सिङ, डिप्लोमा तथा प्रमाणपत्र तहका स्वास्थ्यसम्बन्धि विभिन्न कार्यक्रम, डिप्लोमा तथा प्रमाणपत्र तहका इन्जिनियररिङ तहका कार्यक्रममा पढाई हुने उनको भनाई छ ।

प्रमाणपत्र तह नर्सिङ पढ्न चाहने विद्यार्थीका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्यूनमत ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्छ ।

समग्रमा न्यूनमत २ जिपिए ल्याएका विद्यार्थीले प्रमाणपत्र तह नर्सिङ पढ्न सक्नेछन् । तीन वर्षे यो कोर्षका लागि चार लाख ७५ हजार शुल्क तोकिएको छ । त्यस्तै हेल्थ असिस्टेन्ट पनि पढ्न सकिनेछ । यसका लागि पनि मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रवेशिका वा एसईई परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्यूनमत ‘सी’ ग्रेड प्राप्त गरेको हुनुपर्नेछ । तीन वर्षे हेल्थ असिस्टेन्ट पढ्नको लागि चार लाख चार हजार शुल्क तोकिएको छ ।

त्यस्तै तीन वर्षे नै कोर्ष रहेको डिप्लोमा इन फार्मेसीका लागि तीन लाख ३७ हजार  ८ सय रुपैयाँ शुल्क तोकिएको छ । सदस्य सचिव काफ्लेले स्वास्थ्यमा यी बाहेक नेत्रविज्ञान, सामान्य चिकित्सा, ल्याब टेक्नोलोजी, डायाग्नोष्टिक रेडियोग्राफी, दन्तविज्ञान, सामान्य आयुर्वेद चिकित्सा, अक्कुपन्चर एण्ड अकुप्रेसर र डिप्लोमा इन फिजियोथेरापी लगायतका विषय पनि पढ्न पाइने बताए ।

स्वास्थ्यबाहेक इञ्जिनियरिङ, कृषि तथा वनविज्ञान, आतिथ्य सत्कार र सामाजिक विषय पनि अध्ययन गर्न पाइन्छ । सिटीईभिटीले यी कार्यक्रमको अवधि १८ महिनेदेखि ३ वर्षसम्मको राखेको छ ।

इञ्जिनियरिङतर्फ कुन कुन विषय पढ्न पाइन्छ ? 

इञ्जिनियरिङतर्फ डिप्लोमा इन सिभिल इञ्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन जियोम्याटिक्स इञ्जिनियरिङ विषय पढ्न पाइन्छ ।

त्यस्तै, डिप्लोमा इन इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ, डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ, डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी, डिप्लोमा इन आर्किटेक्चर इञ्जिनियरिङ, डिप्लोमा इन बायोमेडिकल इक्विपमेट इञ्जिनियरिङ र डिप्लोमा इन रेफ्रिजरेसन एण्ड एअर कन्डिसनिङ विषय पढ्न पाइने सीटीईभिटीले जनाएको छ ।

तीन वर्षे यी कोर्षका लागि फरक फरक शुल्क लाग्छ । डिप्लोमा इञ्जिनियरिङतर्फका सम्पूर्ण कार्यक्रमका लागि विज्ञान र गणितमा न्यूनतम ‘सी’ ग्रेड र अंग्रेजीमा न्यूनतम ‘डी’ प्लस ग्रेट ल्याएको हुनुपर्छ ।

कृषि तथा वनविज्ञानमा कुन विषय पढ्ने ? 

कृषि तथा वनविज्ञान अन्तर्गत डिप्लोमा इन एग्रिकल्चर (बालीविज्ञान), डिप्लोमा इन एग्रिकल्चर (पशुविज्ञान), डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी र डिप्लोमा इन फरेष्ट्री विषय पढ्न पाइनेछ ।​ डिप्लोमा तहका कृषि, फुड एण्ड डेरी टेक्नोलोजी र फरेष्ट्रीका लागि अंग्रेजी, गणित र विज्ञानमध्ये कुनै २ विषयमा न्यूनतम सी र कुनै एक विषयमा न्यूनतम डी प्लस ग्रेड आएकाले पढ्न पाउने छन् । हस्पिटालिटी डिप्लोमातर्फ होटल म्यानेजमेन्ट विषय पढ्न पाइनेछ ।

यसका लागि लागि अंग्रेजी, विज्ञान र गणितमा न्यूनतम डी प्लस ग्रेड आएको हुनु पर्नेछ । सोसल वर्कतर्फ डिप्लोमा इन इन्टरप्रेनसिप डेभलेपमेन्ट र डिप्लोमा इन सोसियल वक्र्स विषय छन् । सो पढ्नका लागि विज्ञान र गणितमा न्यूनतम डी प्लस ग्रेड आएको हुनु पर्नेछ ।

सिटिईभीटीमार्फत् सञ्चालित आंगिक शिक्षालय, साझेदारी शिक्षालय, सामुदायिक विद्यालय र निजी स्तरबाट सञ्चालित शैक्षिक संस्थामा कक्षा संचालन हुने सदस्य सचिव काफ्लेको भनाई छ ।

सिटीईभिटीकै ६३ वटा आंगिक शिक्षालय छन् । त्यस्तै ४३ वटा शिक्षालय साझेदारीमा चलेका छन् । सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत ५७३ वटा शिक्षालय छन् भने निजी क्षेत्रबाट ४२९ वटा सम्बन्धन प्राप्त शिक्षण संस्थाले प्राविधिक विषय अध्ययन अध्यापन गराउँदै आएको सदस्य सचिव काफ्लेले बताए ।

देशभर रहेका प्राविधिक विषय अध्यापन गराउने शिक्षण संस्थामा ८४ हजार विद्यार्थीले प्राविधिक विषय पढ्न पाउने क्षमता छ । तर, गत वर्ष जम्मा सिट क्षमताको ७० प्रतिशत मात्रै विद्यार्थी भर्ना भएका थिए ।
सिट क्षमताअनुसार विद्यार्थी भर्ना हुन नसक्नु पछाडि विभिन्न कारण रहेको सिटीईभिटीका सदस्य सचिव जीवनारायण काफ्लेको भनाई छ ।

प्राविधिक विषयको महत्व बुझ्न नसक्नु, शुल्क महँगो हुन्छ भन्ने भ्रममा रहनु जस्ता कारणले विद्यार्थीहरु प्राविधिक विषय पढ्न कम आउने गरेका छन् । सिटीईभिटी अन्तर्गत डिप्लोमा तहमा ३२ वटा र प्रि डिप्लोमा तहतर्फ २२ वटा विषयमा पढाई हँुदै आएको छ ।

छात्रबृत्तिबारे अनभिज्ञ 

सिटीईभिटी अन्तर्गत प्राविधिक विषय पढ्नको लागि दुई किसिमको कोटा छुट्याइएको हुन्छ । पूर्ण शुल्कीय कोटा र छात्रबृत्ति कोटा गरी दुई किसिमबाट विद्यार्थीले पढ्न पाउँछन् ।

सिटीईभिटीका हरेक कार्यक्रममा अनिवार्य रुपमा छात्रबृत्ति प्रदान गरिन्छ । प्रत्येक २० स्वीकृत कोटाको शैक्षिक कार्यक्रममा वर्गीकृत र जेहेनदार विद्यार्थीका लागि १÷१ कोटा छात्रबृत्ति प्रदान गरिन्छ ।

त्यस्तै प्रत्येक स्वीकृत कोटाको शैक्षिक कार्यक्रममा वर्गीकृत अन्तर्गत २ र जेहेनदार विद्यार्थीका लागि १ कोटा छात्रबृत्ति प्रदान गरिन्छ ।
प्रत्येक ४० स्वीकृत कोटाको शैक्षिक कार्यक्रममा वर्गीकृत अन्तर्गत ३ र जेहेनदार अन्तर्गत १ कोटा छात्रबृत्ति प्रदान गरिन्छ । त्यो भन्दा माथिको लागि वर्गीकृत अन्तर्गत ४ र जेहेनदारतर्फ १ जनालाई छात्रबृत्ति प्रदान गरिने सिटीइभिटीका सदस्यसचिव काफ्लेले बताए ।

छात्रबृत्तिमा सिफारिस भई भर्ना भएका विद्यार्थीले आफू अध्ययनरत शिक्षालयमा लाग्ने कुनै पनि किसिमको शुल्क तिर्नु नपर्ने उनको भनाई छ । अध्ययन अवधिभर खाने र बस्ने व्यवस्था भने विद्यार्थीले नै मिलाउनुपर्ने सदस्य सचिव काफ्लेले बताए ।

 

 

  • १८ भाद्र २०७९, शनिबार ०५:३५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU