सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

जलवायु परिवर्तनबारे शे फोक्सुण्डोमा सन्देशमूलक पदयात्रा आयोजना गरिने

काठमाण्डौ । जलवायु परिवर्तनले पारेको असर सम्बन्धमा नेपालका विभिन्न क्षेत्रका अगुवा महिलाद्वारा डोल्पाको शे फोक्सुण्डो क्षेत्रमा सन्देशमूलक पदयात्रा हुने भएको छ । शे फोक्सुण्डोमा आगामी अक्टोबर ८ देखि १४ तारिखसम्म हुने उक्त पदयात्रामा स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहयोग रहेको आयोजक संस्था साथसाथै फाउण्डेसनले जानकारी दिएको छ ।

जलवायु परिवर्तन, सामाजिक विकास र महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय फाउण्डेशनले आयोजना गर्ने उक्त पदयात्रापछि शे फोक्सुण्डो ताल संरक्षण, प्रकृतिमा आधारित पर्यटन विकास र जलवायु परिवर्तनले स्थानीय जनजीवनमा परेको प्रभावलगायत विषयमा अन्तर्क्रिया हुने साथसाथैका अध्यक्ष प्रजिता कार्कीले जानकारी दिइन् ।फाउण्डेसनले जारी गरेको विज्ञप्तिअनुसार शे फोक्सुण्डोमा ‘हिमालबाट महिलाको आवाज, जलवायु न्यायका लागि महिला एकता र प्रकृतिमा आधारित पर्यटनको विकास’ शीर्षकमा विशेष अन्तर्क्रिया हुनेछ । जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा महिलाको जनजीवन र पर्यापर्यटनमा पारेको असरबारे ध्यानाकर्षण गराउन विभिन्न क्षेत्रका विज्ञ महिलासहित ६० जनाले पदयात्रा गर्ने भएका हुन् ।

अध्यक्ष कार्कीले जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा पारेको असर, स्थानीय महिलाको जनजीवनमा परेको समस्या र प्रकृतिमा आधारित पर्यटनको सम्भावनाको उजागर गर्न र त्यसको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यका साथ शे फुक्सुण्डो पदयात्राको तयारी गरेको जानकारी दिए।

“यो यात्रा जलवायु परिवर्तनले प्रकृति, प्रकृतिमा आधारित पर्यटन र स्थानीयको जनजीवनमा पारेको प्रभावबारे बुझ्न, बहस गर्न र समस्या समाधनको उपाय खोज्ने यात्रा हो”, उनले भने, “हामी घर, घरमा बसेर, आ–आफ्नो पेसा व्यवसाय अँगालेर बसेका नारी जलवायु परिवर्तन र जलवायु न्यायको मुद्दामा तथा महिलाको जनजीवनमा परेको अप्ठ्याराको विषयमा हिँड्दै समस्या सुन्दै, सुनाउँदै अघि बढिरहेका छौँ ।”

एक साता लामो हुने पदयात्रामा समाजका विभिन्न क्षेत्रका अगुवा महिलाका साथै सङ्घीय, प्रदेश र स्थानीय सरकारका विभिन्न तहका सम्बद्ध अधिकारी, कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधि, सञ्चारकर्मीसहितको सहभागिता हुनेछ ।

शे फोक्सुण्डो पदयात्रामा तराई मधेससहित विभिन्न प्रदेशबाट प्रतिनिधिमूलक रुपमा सांसद, प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधि, डोल्पाका स्थानीय र सरोकारवाला पक्षसमेत सहभागी भई शे फोक्सुण्डो घोषणापत्र जारी गर्ने कार्यक्रम छ । कार्यक्रममा नेपाल सरकारको वन तथा वातावरण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कर्णाली प्रदेश सरकार, फोक्सुण्डो गाउँपालिका र विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग सहकार्य हुने आयोजकले जानकारी दिएको छ ।

“कार्बन उत्सर्जनमा नगन्य योगदान भए पनि जलवायु परिवर्तनले नेपालको प्रकृति र सामाजिक जीवनमा देखिएका समस्या विश्वलाई सुनाउन चाहन्छौँ । नेपाल सरकार र सम्बद्ध निकायसँग सहकार्य गर्न चाहन्छौँ”, अध्यक्ष कार्कीले भने, “नेपाल प्राकृतिकरुपमा धेरै सुन्दर र सम्पन्न छ तर हामीले यसको दिगो उपयोग गरेर उचित लाभ लिन सकेका छैनौँ ।”

पछिल्ला वर्षहरुमा नेपालमा मात्र होइन, जलवायु परिवर्तनको असर विश्वभर नै बढ्दो छ । हिमाल क्रमशः कालापत्थर हुँदैछन् । बाढी, पहिरो, अतिवृष्टि, अनावृष्टि, बेमौसमी वर्षाले ठूलो धनजनको क्षति हुन थालेको छ । खानेपानीका मुहान सुक्न थालेका छन् । तराई मधेसमा कृषि उब्जनीमा समस्या देखिएको छ । पहाडमा बेग्लाबेग्लै समस्या थपिएका छन् । नेपाल सरकारले त्यसलाई रोकथाम गर्न, जलवायु अनुकूलनका विभिन्न कार्यक्रम पनि ल्याएको छ । त्यसको प्रभावकारी कार्यान्वयनमा सबै साथसाथै जुट्नुपर्ने आवश्यकता छ ।

यसै सन्दर्भमा कालापत्थर अभियानकै निरन्तरतास्वरुप हुन लागेको यस पदयात्रासहितको विशेष कार्यक्रम जलवायू परिवर्तनले प्रकृति, प्रकृतिमा आधारित स्थानीय पर्यटन र जनजीवनमा पारेको प्रभावबारे बुझ्न, बहस गर्न र समस्या समाधनको उपाय खोज्ने यात्रा हुने आयोजकको दाबी छ ।

साथसाथै फाउण्डेशनले गत मार्च ८ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको कालापत्थरमा अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा १४ दिने पदयात्रा सम्पन्न गरेको थियो । सो पदयात्रामा समाजका विभिन्न क्षेत्रका ४० प्रतिष्ठित अगुवा महिला सोलुुखम्बुको लुक्लादेखि सगरमाथाको कालापत्थर क्षेत्रसम्म पैदल यात्रामार्फत पुगेर कालापत्थरमा जलवायु परिवर्तनसम्बन्धी १० बुँदे विशेष घोषणापत्र जारी गरिएको थियो । घोषणापत्र कार्यान्वयनका लागि सातै प्रदेशका विभिन्न स्थानमा यस किसिमका कार्यक्रम तथा अभियान यसअघि सम्पन्न गरिसकेको आयोजकले जनाएको छ ।

  • १८ भाद्र २०७९, शनिबार ०५:२४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    लिभ-इन रिलेसनशिपप्रति सामाजिक बहस: आर्थिक, नैतिक र सुरक्षाका प्रश्न फेरि चर्चामा
    आम्दानी अठन्नी खर्च रुपैया एक रोचक कथा
    आज दिउँसो र रातिको मौसम कस्तो होला?

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU