सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

१ लाखभन्दा धेरै व्यक्तिको सबै ऋण मिनाहा गर्ने प्रधानमन्त्री देउवाको घोषणा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले हरवा–चरवाको मुक्ति र उनीहरूको सम्पूर्ण ऋण खारेजीको घोषणा गरेका छन् ।

कमैया मुक्तिको २२औँ वर्षको अवसरमा प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले यसको प्रभावकारी अनुगमन गरी कारबाही गर्न निर्देशन दिएका छन् ।

मुक्त कमैया, कम्लरी, मुक्त हलिया, हरवा–चरवासम्बन्धी वस्तुस्थिति अध्ययन समितिको ब्रिफिङ सुनेपछि उनले यस्तो कुप्रथा हटाउन ढिला भइसकेको र यसमा कडा कानुनी कारबाही गर्न राज्यका सबै संयन्त्रलाई निर्देशन दिएका छन् ।

२ साउन ०५७ मा तत्कालीन मन्त्री सिद्धराज ओझाले कमैया मुक्तिको घोषणा गरेका थिए । त्यसको एक वर्षपछि कमैया श्रम निषेध ऐन ०५८ जारी भएको थियो ।

सो ऐनले हरवा–चरवालाई समेत समेटे पनि उनीहरू अझै मुक्त हुन नसकेको अध्ययन समितिका संयोजक श्याम श्रेष्ठले बताए । ‘आजबाट बल्ल हाम्रो देश हरवा–चरवामुक्त भएको छ,’ उनले भने, ‘कमैया श्रम निषेध ऐन २०५८ अनुसार प्रधानमन्त्रीज्यूले हरवा–चरवाको मुक्ति र ऋण र कागजात खारेजीसम्बन्धमा ऐतिहासिक घोषणा गर्नुभएको छ ।’

श्रेष्ठका अनुसार मधेस र पूर्वमा गरेर करिब एक लाख हरवा–चरवा छन् । ‘धनुषामा पाँचजनामध्ये एकजना हरवा–चरवा भएको अध्ययनले देखाएको छ,’ उनी भन्छन्, ‘कानुनले निषेध गरेको बँधुवा श्रम र हरवा–चरवाको अझै अस्तित्व रहेको छ । विशेषतः ऋण र सानो टुक्रो जमिनकै लागि उनीहरू हरवा बस्दा रहेछन् ।’

समितिको प्रतिवेदनमा साहुहरूले मिटर ब्याज लगाएर उनीहरूलाई बँधुवा बनाउने गरेका छन् । प्रधानमन्त्रीले यस्तो ऋण खारेजको घोषणा गरेकाले अब कसैले पनि यस्तो ऋण तिर्न नपर्ने संयोजक श्रेष्ठ बताउँछन् ।

‘हरेक पाँचमा दुई हरवाको आफ्नो उत्पादन भन्ने केही छैन । हरवा–चरवामध्ये २७ प्रतिशतको निजी उत्पादनले केवल ३ महिना मात्र धान्छ । ८८ प्रतिशत हरवाको बस्नका लागि कच्ची टहरो मात्र छ ।

२४ प्रतिशत हरवाको ऐलानी जमिनमा टहरो रहेको छ र २७ प्रतिशतको गाउँ ब्लकमा घर रहेको छ,’ समितिको प्रतिवेदनमा भनिएको छ, ‘हरवामध्ये ७४ प्रतिशत तराईका दलित छन् ।

देश २१औँ सदीमा पुगिसक्दा पनि ती पालिकामा हरेक पाँचमा एक नागरिक बँधुवा श्रमिक रहेका छन् ।’

अन्नपूर्ण टाइम्स

  • ३ श्रावण २०७९, मंगलवार ०७:५६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    गणेश नेपाली आत्मदाह प्रकरण छानबिन गर्न डिआईजीको संयोजकत्वमा समिति गठन
    सशस्त्र प्रहरीका ७१ डिएसपीको सरुवा (सूची सहित)
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU