सुचनाको हकको व्यवहारिक प्रयोग र प्रर्वद्धनमा जोड "सूचनाको हकका लागि राष्ट्रिय महासँघको काठमाण्डौमा पहिलो कार्यक्रम "
काठमाण्डौ । सुचनाको हक सम्बन्धि कानूनको व्यवहारिक प्रयोग र प्रर्वद्धन विषयक अन्तरर्क्रिया कार्यक्रम आइतबार काठमाण्डौ सूचनाको हकका लागि राष्ट्रिय महासँघव्दारा आयोजना गरियो । राष्ट्रिय सूचना आयोगको सहयोगमा सूचनाको हकका लागि राष्ट्रिय महासँघले पहिलो पटक राजधानी काठमाण्डौमा आयोजना गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकको अभियानमा महासँघ कोषेढुँगा बनेको भन्नु भयो । प्रमुख आयुक्त गुरुङले सूचना नदिने सूचना अधिकारीलाई होइन कार्यालयको जिम्मेवार व्यक्ति भनेको कार्यालय प्रमुखलाई भएको ले आयोगले कार्यालय प्रमुखलाई कारवाही अगाडी बढाउने गरेको जानकारी दिनु भयो ।
न्ता सूचनाको हकका विज्ञ अभियन्ता तारानाथ दाहालले सूचना नमागेसम्म सूचनाको हकको अभियान अगाडी बढ्न नसक्ने भन्दै सूचना माग्न सबैलाई आग्रह गर्नु भयो । उहाँले गलत सूचना दिएमात्र सूचनाको दूरुपयोग हुन्छ भन्दै सहि सूचना दिए सूचनाको दूरुपयोग हुँदैन भन्ने दावी गर्नु भयो ।
कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासँघका राष्ट्रिय अध्यक्ष उमीद बागचन्दले सूचनाको हक लोकतन्त्रको प्राणवायु भएकोले यसको प्रयोगले लोकतन्त्र फस्टाउने भन्दै जनताको अनुहारमा खुशि ल्याउने अभियानका रुपमा महासँ३ले लिएको छ भन्नु भयो ।

कार्यक्रममा सूचनाको हकका लागि राष्ट्रिय महासँघ प्रदेश समितिका सचिव हेमन्त सेडालाईले स्वागत मन्तव्य राख्नु भएको थियो भने नेपाली उपभोक्ता सँरक्षण महासँघ अध्यक्ष चन्द्र साउँद र फानको खगेन्द्र वलीले शुभकामना दिनु भएको थियो ।

कार्यक्रम सञ्चालन सूचनाको हकका लागि राष्ट्रिय महासँघ प्रदेश समितिका अध्यक्ष ताराबहादुर भण्डारी गर्नु भएको थियो ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया