सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

एफएमडिसीको स्थापना दिवसको अवसरमा,समस्या समाधानका लागि पहल

धनगढी,२५ असोज । एफएमडिसी, बिकास र सामाजिक परिवर्तनका लागि सञ्चारको १६ औं स्थापना दिवसको अवसरमा मालपोत र नापी कार्यालयमा सेवाग्राहीले भोग्नुपरेका समस्याका बारेमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।


एफएमडिसीले स्थापना दिवसको अवसरमा गर्दै आएको जहाँ समस्या त्यहाँ समाधान खोज्ने प्रयास कार्यक्रम अन्र्तगत मालपोत र नापी कार्यालयमा आउने गुनासाहरुलाई कसरी समाधान गर्न सकिन्छ भनेर कार्यक्रमको आयोजना गरिएको हो ।
सेवाग्राहीले सानो कामका लागि पनि भन्झट भोग्नुपरेको गुनासो गरेका थिए । मालपोत र नापी कार्यालयमा आउने अधिकाश सेवाग्राहीले जग्गा पास गर्न पनि एक हप्ता लाग्ने, लेखापढी व्यवसायि र कर्मचारी मिल्ने फाईल लिएर बिभिन्न तरिकाले पैसा माग्ने, सहि सुचना कसैले पनि नदिने,कर्मचारीका ढिला सुस्ती र प्रक्रियामा सरलीकरण नहुदा समस्या भोग्नुपरेको गुनासो गरेका थिए ।


कार्यक्रममा वरिष्ठ पत्रकार तथा एफएमडिसीका संस्थापक अध्यक्ष उमीद बागचन्दले २०५९ सालमा मिडिया संस्थाको रुपमा स्थापना भएको एफएमडिसीले बिगत देखि अहिले सम्म गरेका कामको जानकारी गराउनुभएको थियो ।

उहाँले कार्यक्रममा संस्थाले स्थापना दिवसका अवरमा जहाँ समस्या त्यहाँ समाधान भन्ने उदेश्यले मालपोत र नापी कार्यालमा सेवाग्राही र आम सरोकारवाला नागरिकले भोग्दै आएका समस्यालाई समाधान गर्न कार्यक्रम गरेको बताए ।
कार्यक्रममा आएका गुनासोको सम्बोधन गर्दै मालपोत कार्यालयका प्रमुख ठाकुरप्रसाद सिग्देल आफुहरुको काम नै सेवाग्राहीको हितका लागि रहेको बताए । आएका समस्याहरुलाई समाधान गर्न आफु प्रतिबद्ध भएको पनि बताए ।


त्यस्तै नापी कार्यालयका प्रमुख दयानन्द जोशीले जग्गा र क्षेत्रफल नमिल्ने बिषयमा व्यवहारिक रुपमा कठिनाई भएको बताए ।
आएका गुनासाहरुको सम्बोधन गर्दै उहाँले काम गर्ने क्रममा केही प्रक्रियागत समस्याहरु आए आफुलाई जानकारी गराउन आग्रह समेत गर्नुभयो ।
नापी कार्यालयमा सेवाग्राहीलाई सहज गर्नका लागि आगामी दिनमा धेरै कुरा सुधार हुने बिश्वास समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमा जिल्ला बार कैलालीका अध्यक्ष प्रेम चन्दले आम सेवाग्राहीलाई कामकारर्वाहीमा सहज बनाउन कसरी सकिन्छ भन्ने तिर ध्यान दिन जरुरी रहेको बताए ।
कार्यक्रमको सञ्चालन एफएमडिसीका अभियान अधिकारी निराजन परियारले गर्नुभएको थियो ।

  • २५ आश्विन २०७५, बिहीबार ११:०४ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU