नगरप्रमुख वडद्धारा शुभकामना ब्यक्त
धनगढी २४ असोज । धनगढी उप महानगरपालीकाका प्रमुख नृपबहादुर वडले दशैं तिहार र छठको अवसरमा नगरवासीलाई शुभकामना सन्देश दिएका छन् ।
बुधवार शुभकामना सन्देश दिदै नगरप्रमुख वडले यी चाडपर्वहरुले हरेक नेपालीहरुलाई सकारात्मक सोचका साथ समृद्धीको बाटोमा लाग्न शक्ति प्रदान गरोस् भन्ने शुभकामना दिएका छन् । समाजमा रहेको अभाव,द्धन्द र बिभेदको अन्त्य होस् । समाजिक रुपान्तरणमा लाग्न सबैलाई प्रेरणा देओस भन्ने कामना पनि नगरप्रमुख वडले गरेका छन् ।
नेपाल बहुभाषा, बहुजाती, बहुसंस्कृती भएको हाम्रो देशमा चाड पर्वहरुले सबै नेपालीहरुलाई एकताको सुत्रमा ल्याउने ,धार्मिक सहिष्णुता, आपसी सदभावलाई बलियो बनाउने शुभ अवसर समेत प्रदान गर्ने गरेको नगरप्रमुख वडद्धारा प्रकाशित शुभकामना सन्देशमा उल्लेख गरिएको छ । धनगढी उप–महानगरपालीकाले सबै जातजाती, समुदाय र बर्गका चाडपर्वहरुलाई समान प्राथमिकता दिदै आएको बताईएको छ । हामी चाड पर्वहरु आर्थिक भारमा पर्ने र पार्ने भन्दा मितब्ययी बनाउन पनि नगरवासीलाई आग्रह गरिएको छ । बिजया दशैं,दिपावली गरिएको छ ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया