सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

जनगणनाको तथ्यांकले पालिकामा अन्योल

अछाम,२४ माघ / राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार अछामका १० वटै स्थानीय तहमा जनसंख्या घटेको छ । जनगणनाको तथ्यांकमा जनसंख्या कम हुँदा संघीय सरकारबाट आउने बजेट घट्ने, अन्य सेवा सुविधा पनि घट्न सक्ने चुनौती देखिएकाले स्थानीय तह आफैं जनगणना गर्न अग्रसर हुन थालेका छन् ।

सदरमुकामसमेत रहेको मंगलसेन नगरपालिकामा १० हजारभन्दा बढी जनसंख्या घटेको निमित्त प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र सोडारीले बताए । उनका अनुसार २०६८ सालको जनगणनाअनुसार मंगलसेन नगरपालिकाको जनसंख्या ३७ हजार ४ सय ९६ थियो । अहिलेको प्रारम्भिक नतिजाअनुसार घटेर २६ हजार ८ सय ४३ पुगेको छ । १० हजारभन्दा बढी जनसंख्या घट्नु अस्वाभाविक भएको भन्दै नगरपालिकाले आफैं पुनः जनगणना गर्न सक्ने उनले बताए ।

‘मंगलसेन नगरपालिकाको त करिब एक तिहाइ जनसंख्या घटेको देखियो । ३७ हजारबाट २६ हजारमा झर्‍यो । अन्यत्र बसोबास गर्ने जनसंख्याको संख्याले प्रभाव के कति पारेको हो त्यसको विश्लेषण गर्छौं,’ उनले भने ।

कमलबजार नगरपालिकाले सर्वेक्षण गरेको जनसंख्या ३० हजारभन्दा बढी छ भने जनगणनाको प्रारम्भिक तथ्यांकले २० हजार ९ सय ४७ देखाएको छ । १० हजारभन्दा बढी जनसंख्या घटेकाले नगरपालिकालाई चुनौती थपिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत खडक विष्टले बताए । उनका अनुसार २०६८ सालको जनगणनाअनुसार कमलबजार नगरपालिकाको जनसंख्या २३ हजार ७ सय ३८ थियो ।

‘विभिन्न कामको सिलसिलामा पालिकाभन्दा बाहिर ठूलो संख्या गएको छ । पढ्न, रोजगारी गएकाहरूको गणना भएको देखिएन कि भन्ने शंका छ,’ विष्टले भने, ‘जनगणनाको अन्तिमसम्मको नतिजा कुर्छौं, फेरि पनि यस्तै तथ्यांक आयो भने गणना गर्नुपर्ने हुन सक्छ ।’ उनका अनुसार जनसंख्या घट्यो भने आउने बजेट पनि घट्छ । पालिकालाई थप चुनौती थपिन्छ । स्थानीय तहले गरेको जनगणनालाई केन्द्र सरकारले आधिकारिक नमान्दा पनि समस्या भएको देखिन्छ ।’

अहिलेको प्रारम्भिक नतिजा मात्रै भएकाले अन्तिम नतिजामा जिल्लाको जनसंख्या केही फेरबदल हुन सक्ने जिल्ला जनगणना अधिकारी प्रकाश विष्टले बताए । ‘जोड्दा केही तलमाथि पनि भएको हुन सक्छ । अहिले आएको नतिजा जहिले पनि अछाममा भइराख्ने स्थिर जनसंख्या हो,’ उनले भने, ‘अनुपस्थित विदेश गएकाहरूको संख्या र अनुपस्थित स्वदेश संख्या भनेर पनि गणना भएको छ । अछाममा विदेश गएकाहरूको संख्या ४४ हजार देखिन्छ । त्यो यसमा जोडिएको छैन ।’ उनले अछाम स्थायी घर भएका र देशका अन्य भागमा बसेकाहरूको संख्या पनि यसमा समावेश नभएको बताए । अछामको जनसंख्या यस पटक २०६८ सालको भन्दा २८ हजार ५ सय ७० ले घटेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार अछामको जनसंख्या २ लाख २८ हजार ९ सय ७ छ । २०६८ सालको राष्ट्रिय जनगणनामा अछामको जनसंख्या २ लाख ५७ हजार ४ सय ७७ थियो ।

जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार जिल्लामा सबैभन्दा बढी जनसंख्या मंगलसेन नगरपालिकाको र सबैभन्दा कम बान्निगढी जयगढ गाउँपालिकाको छ । मंगलसेन नगरपालिकामा २६ हजार ८ सय ४३ छ । बान्निगढी जयगढ गाउँपालिकाको जनसंख्या १३ हजार ६ सय ३९ जनसंख्या छ ।

  • २४ माघ २०७८, सोमबार ०७:५६ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU