सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

कञ्चनपुरमा को होला एमाले अध्यक्ष ? यस्तो छ पछिल्लो समिकरण !

धनगढी,२२ पुष  /  नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशन नजिकिएसँगै नेताहरुले प्रचारप्रसारलाई तिब्रता दिएका छन् । भोलि ९शुक्रबार० हुने जिल्ला अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्ने भएकाले आकांक्षीहरुको दौड्धुप बढेको छ ।

आकांक्षी नेताहरुले सामाजिक सञ्जाल तथा व्यक्तिगत भेटघाट गरी प्रचार गरिरहेका छन् । अध्यक्षका लागि तत्काल तीन जना नेता मैदानमा देखिएका छन् । अध्यक्षको दौड्मा छन्, पार्टी सचिव तथा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्ट, बेदकोट नगरपालिकाका मेयर अशोककुमार चन्द र एमाले कञ्चनपुर अध्यक्ष बीरबहादुर थापा ९पातल० ।

मेयर विष्ट र नेता थापा निकट कार्यकर्ताहरुले सामाजिक सञ्जालको माध्यमबाट प्रचार सुरु गरिसकेका छन् । बेदकोटका मेयर चन्द निकट कार्यकता भने भेटघाटकै माध्यमबाट प्रचार गरिरहेका छन् । चन्द निकटहरुले सामाजिक सञ्जालको प्रयोग भने गरेका छैनन् । उनी सहमतिमै नेतृत्व चयन हुनुपर्ने पक्षमा छन् । सहमति नभएमा आन्तरिक प्रतिस्पर्धामा जानुपर्ने धारणा राख्दै आएका छन् ।

त्यसैले पनि चन्दले सामाजिक सञ्जालमा प्रचार नगराएको उनी निकट एक कार्यकर्ताले बताए । ‘सम्भव भएसम्म सहमतिमै नेतृत्व चयन गर्नुपर्ने पक्षमा मेयर साप हुनुहुन्छ,’ उनी निकट ती कार्यकर्ताले भने, ‘आज पनि नेताहरु छलफलमै छन्, सहमति जुटेन भने उहाँ पनि अध्यक्षमा चुनाव लड्नु हुन्छ ।’

भीमदत्त नगरका मेयर विष्टको प्रचारमा उनको सचिवालयका केही सदस्य पनि जुटेका छन् । बिहीवार बिहान उनको सचिवालयका केही सदस्यले ‘अध्यक्षमा बिष्टलाई जिताउन’ आग्रह गरिएका पोष्टर अपलोड गरेपछि अर्का आकांक्षी थापाका समर्थकहरुले पनि त्यही आशयका पोष्टर सार्बजनिक गरेका छन् ।

एमालेको केन्द्रीय र प्रदेश नेतृत्वले सहमतिमै जिल्ला कमिटी गठन गर्न भनेको छ । तर, प्रचारप्रसारको होडबाजीले त्यो सम्भावना कम हुँदै गएको संकेत देखिएको छ । बिष्ट पक्षधरहरु थापालाई उपल्लो कमिटीमा पठाएर नेतृत्व लिने रणनीतिमा लागेका छन् ।

‘त्यसका लागि एकथरी केन्द्र र प्रदेश नेतृत्वसमक्ष लबिइङमा छन्,’ एक नेताले भने, ‘तर, थापाको तयारी हेर्दा त्यो सम्भावना कम देखिन्छ । प्रतिनिधि छनौट देखिको उनको तयारी हेर्दा पछाडी फर्किन मुस्किल छ ।’ थापासँग पछिल्लो साता केही नेताहरु जोडिएका छन् । जसले सके सर्बसम्मत नसके उनैलाई उम्मेदवार बनाउने गरी तयारी गरिरहेको चर्चा छ ।

भोलि हुने जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमालेका कार्यालय सचिव कर्णबहादुर चन्दले बताए । ‘अधिवेशन तयारीका लागि बिभिन्न समिति र उपसमिति गठन गरिएको छ,’ उनले भने, ‘ती समितिमा रहेका साथीहरुले आआफ्नो जिम्मेवारीका काम गरिरहेका छन् ।’ जिल्लाभर झण्डै ५ सय २५ जना प्रतिनिधि छनौट भएका छन् ।

  • २२ पुष २०७८, बिहीबार १०:४५ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो
    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।
    दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।

    ताजा अपडेट

    न्यायाधीश डाँगीसहित ३ जनालाई थप उपचारका लागि काठमाडौं लगियो

    मकवानपुर २ भाद्र । दुर्घटनामा घाइते भएका उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश...

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीव्दारा संसदमा प्रस्तुत वक्तव्य पुर्ण पाठ।

    सम्माननीय सभामुख महोदय, माननीय सदस्यज्यूहरू, मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको...

    • दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न ।
    • ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर
    • टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास
    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU