एकल महिलाको त्रिपाल भित्रै दशै
डीबी विष्ट असोज २१ बझाङ । न छोरा छोरी न आफन्त एकल महिला त्रिपाल र प्लाष्किका टुक्राहरु र चाउचाउ विष्कुटका काटुनहरुको ढोका । ओड्ने ओछ्याउने त्यही चाउ चाउ र विष्कुटका काटुनको साहारा लिनु पर्ने बाध्याता । न आनको ठेगान न बस्नको । एक छाक खान गाँउ डुल्नु पर्ने बाध्यता । केसैले काम दिए एक छाक खान पाईयो नभए भोक भोकै बस्नु पर्ने उहाँको बाध्यता । न हिउद लाग्छ । न बर्खा सधै एकै ऋतु छ । न घाम भन्नु छ न पानी परेको छ । हरेक चाँड बाँड आउदा पनी त्रिपाल भित्रै बसेर खाई नखाई मनउानु पर्ने बाध्यता केदारस्यँ गाउपालिका ८ झोता बजारमा बस्दै आएकी विष्ना बादीले छ ।

गाँउ गाँउमा सिहँदरबार आए तर उनका लागी कागलाई बेल पाक्यो हर्सन विस्तामा भने जस्तै छ ।
थलारागाँउपालिका खोलि माईति भएकी विष्नाको यो बर्षै देखीको बाध्यता हो । सानै उमेरमा आमा बुबा वित्नु भयो । बुंगल नगरपालिमा पाउटा बसोबास गर्ने टिका बादीको जिम्मा लगाई दिए आफन्तहरुले ।
विवाह गरेको केही महिना नवित्दै श्रीमानको निधन भयो । आफन्तले अलच्छिनी भन्दै घर निकाला गरी दिए । माईती घर जाउ भने कोही पनी आफन्त छैनन् । पोईली घरमा आफन्त भन्ने कोही पनी रहेनन् । घर निकाला नै गरी दिए पछी के मुख लिएर जानु पोईली घर विवाह गरे पनी सन्तान केही पनी भएन । अहिले यही त्रिपालको झोपडी मुनी बसोबास गर्दै आएकी छु उहाँले विगतको त्यो क्षणलाई सम्झदै आँखा भरी टिल टिल आँसु पार्दै सुनाउनु भएको दुख हो यो ।

पराल, स साना चाउ चाउ विष्कुटका काटुनहरु र प्वालै प्वाल भएको पाल टाकेर बनाएको झोपडीलाई पक्की घर सम्झदै त्यही भित्र १२ बर्ष देखी जीविका चलाउदै आएकी छु । विहान बेलुकाको छाक टार्न दिन भरी गाँउ गाँउ माग्दै हिड्नु पर्छ । काचोको पाको गर्नका लागी सम्पतीका नाममा गाँउलेहरुले दिएको एक बाल्टीन, एक कचौरा, डिक्ची र पनीयु, डाडु मात्रै छ ।
प्रत्यक दिन मागेर खानु पर्ने मेरो बाध्यता हो । मागेर नखाने हो भने भोक भोकै बस्न पर्छ । पहिले पहिले त दशै तिहार आँउदा रुन मन लाग्थ्यो सबै रमाएको देख्दा आफु एक्लै हुँदा तर अहिले त बानी बसी सक्यो केही लाग्दैन ।
एक सरो कपडा फिर्नें मिठो खाने मनत हुन्छ तर मन भएर केगर्नु धन छैन । मनका चाहानाहरुलाई मन भित्रै लुकाएर राख्नु पर्छ । हामीहरुका लागी के को दशै गरीबका लागी दशै हैन दशा हजुर । अहिले त कसैको घरमा चामल माग्न गए म घर नजीक पुग्ने वित्तीकै उ फेरी आई हाली अलच्छीनी भन्दै गाँउलेहरुले पनी अहिले एक छाक खाना वा चामल सामल दिन मान्दैनन् । अन्न दिन पनी छोडी सके ।
अन्न माग्ने आस लिएर गाँउ गाँउ पुगेकी विस्नाले धेरै जस्तो दिन गाली र बेईजती लिएर रित्तो हात त्यही त्रिपाल मुनी फर्कीने गरेको गुनासो गरीन् ।
आफु संग सम्पतीको नाममा केही पनी छैन ।
विभीन्न आशा देखाएर फोटा खीच्दै जान्छन्
आफ्नो उद्धारका लागी भन्दै हजारौले आफ्नो फोटा र झोपडीको फोटा खीचेर लगेको समेत बताईन् । तपाई जस्ता धेरै फोटा खीच्ने आए , फोटा खीच्दै मेरा दुखका बारेका सोध पुछ गर्दछन् । अनी जान्छन् । फोटा खीच्ने एक दिनमा झण्डै ६÷७ जना भन्दा बढी आउन्छन् । सहयोग गर्ने कोही पनी हुदैनन् । मेरो विगतका वितेका दिनहरुलाई सम्झाउने काम धेरैले गरेका छन् ।

अहिले मलाई ५७ बर्ष पुग्न लाग्यो विष्ना बादीले भन्नु भयो । अहिले त जसो त्यसो कहीले खाई नखाई गुजारा चलाई रहेकी छु । काम गर्न नसक्ने अवस्था भए पछी कस्तो हालत होला । चाँडो मेरे पनी हुन्थ्यो । काल आउदैन । म मरे पनी फाल्ने माछे छैन मसंग ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया