सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ |   |   | 
    • प्रमुख
    • समाचार
    • राजनिती
    • स्वास्थ्य
    • मनोरन्जन
    • खेलकूद
    • विचार
    • विज्ञान
    • भिडियो
    • प्रदेश ७
  • English

नेपालद्वारा थाइल्याण्ड १४० रनले पराजित, सन्दिपको अर्को किर्तीमान

काठमाण्डौ २१ असोज । टि ट्वान्टी विश्वकपको एशीया उप क्षेत्रीय छनौटमा नेपालले लगातार तेस्रो जीत हात पारेको छ । आज भएको खेलमा नेपालले थाइल्यान्डलाइ डकवर्थ एण्ड लुइसको नियमका आधारमा एक सय ४० रनको फराकिलो अन्तरले पराजित गर्यो ।

मलेसियाको बायुमास ओभलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै एक सय ७२ रन बनाएको छ । तुलनात्मक रुपमा कमजोर मानिएको थाइल्यान्ड विरुद्ध माथिल्लो क्रमका ब्याट्सम्यानले सोचे जस्तो प्रदर्शन गर्न सकेनन् । नेपालका कुनैपनि खेलाडीले अर्ध शतक प्रहार गर्न सकेनन् ।

नेपालले उत्कृष्ट सुरुवात गरेपनि त्यसलाइ निरन्त्रता दिन सकेन् । दुइ दशमलब तीन ओभरमा २८ रन जोडेको नेपालले पहिलो विकेटका रुपमा अनिल शाहलाइ गुमाएको थियो । नेपालको पारीमा करण केसीले अविजीत ४०, शरद भेषावकरले ३४, दिपेन्द्र सिंह ऐरीले ३०, अनिल शाहले २५ र विनोद भन्डारीले १५ रन बनाए ।

कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्ल भने सस्तैमा पवेलिभन फर्किए । ज्ञानेन्द्रले सात र पारसले ५ रन जोडे । आरिफ शेख आठ रनमा मैदान बाहिरिए । नेपालले एक सय २८ रनमा सात विकेट गुमाएको थियो । तर करण र सोमपाल कामीले आठौं विकेटका लागि ४४ रनको साझेदारी गरे । करणले आक्रमक ब्याटिङ गर्दै केवल १४ वलमा ४४ रनको योगदान दिए । दुइ चौका र चार छक्का प्रहार गरे । रन करणले अन्तिम ओभरमा लगातार तीन छक्का हिर्काएका थिए । सोमपाल चार रनमा अविजीत रहे । वलिङ तर्फ पायुपुथ सङनार्डले चार विकेट लिए ।

जवाफमा थाइल्यान्ड ८ ओभर ५ बलमा १८ रनको अवस्थामा भारी बर्षा भएपछि खेल संभव भएन । थाइल्याण्ड विरुद्ध नेपालका संदिप लामिछानेले पांच विकेट लिएपछि थाइल्यान्डको पारी ध्वस्त बनेको थियो । जारी प्रतियोगितामा सन्दिपले लगातार दुई खेलमा ५ विकेट लिएका हुन । उनले यसअघि मलेसिया विरुद्ध पनि ५ विकेट लिएका थिए ।

प्रतियोगितामा उनको कुल १४ विकेट पुगेको छ । पहिलो ओभर देखि नै विकेट गुमाउन सुरु गरेको थाइल्याण्डको पारीलाई नेपाली बलरले ध्वस्त पारे । थाइल्याण्डका कुनैपनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । करण केसीले तीन र ललित राजवंशीले एक विकेट लिए ।

नेपाल जारी प्रतियोगितामा अपराजित छ । आफ्नो पहिलो खेलमा म्यानमारलाइ आठ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा मलेसिया माथि पनि आठ विकेटकै जीत हात पारेको थियो ।

  • २१ आश्विन २०७५, आईतवार ०९:५७ | मा प्रकाशीत
  • "तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक

    तपाइँको प्रतिक्रिया

    संबन्धित समाचारहरु

    स्पेनलाई फिफा विश्वकप २०२६को उपाधि, गोल्डेन बुट एम्बापेलाई
    समाजसेवी तीर्थराज पन्तद्वारा विद्यार्थीलाई ट्रयाकसुट सहयोग
    चीनविरूद्ध नेपालको तर्फबाट उत्कृष्ट ब्याटिङ: ३१४ रनको लक्ष्य दियो, कुशल भुर्तेलले एकै ओभरमा ६ वटा छक्का हाने

    ताजा अपडेट

    ९९.९ प्रतिशत कांग्रेसजन एकताको पक्षमा छन् : नैनसिंह महर

    काठमाडौं  १ भाद्र । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कांग्रेसका ९९.९ प्रतिशत नेता–कार्यकर्ता गुट...

    टिकटकको आवरणमा ठगी प्रकरण: डिएसपी पूर्णिमा चन्दमाथि अनावश्यक आरोप, अनुसन्धानलाई बदनाम गर्ने प्रयास

    काठमाडौं ३१ साउन । टिकटकमार्फत चर्चामा आएकी तुलसा अधिकारीसँग सम्बन्धित ठगी प्रकरण यतिबेला सामाजिक...

    • “राष्ट्रिय भेला सम्मेलनमा परिणत हुँदै समापनतर्फ !”
    • दलित अपांगता भएका व्यक्तिहरूको संघ नेपालको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित
    • जापानको ‘ओबन’ र नेपालको सोह्र श्राद्ध : भाव एउटै, परम्परा फरक
    • लौंग सेवनका फाइदा भन्दै विभिन्न दाबी, स्वास्थ्य विज्ञहरू भने प्रमाणित तथ्यमा भर पर्न सुझाव

    हाम्रो बारेमा

    सञ्चालक

    श्री निर्मला बागचन्द

    प्रधान सम्पादक

    श्री उमीद बागचन्द,९८५८४२५९६१

    सम्पादक

    श्री अमन बागचन्द,९८४३०८०४५१

    उप सम्पादक

    धनबहादुर बिक

    प्रमुख समाचारदाता

    खेमराज खनाल - 9851134692

    निर्देशक

    श्री प्रभात क्षेत्री

    प्राविधिक

    कुक्की सेन

    डेक्स सम्पादक

    निराजन परियार

    रिपोर्टरहरु

    डोटी – प्रकाश बम

    अछाम – सुर्य ढुँगाना

    बाजुरा – रमित बिक

    बझाङ – डिबी बिष्ट

    दार्चुला – मञ्जु कल्याल

    बैतडी – लोकेश साउँद

    कञ्चनपुर – लिलि कुँवर

    डडेल्धुराः – श्री दिपेन्द्र खड्का

    Facebook

    Nepal Sandarv

    सम्पर्क

    “सत्य तत्थ्य र विश्वासनिय समाचार ”
      नेपाल सन्दर्भ
      पशुपति टोल‚ धनगढी-1 , कैलाली‚
    सुदुरपश्चिम प्रदेश नेपाल

    ९८५८४२५९६१ । ९८४८४३०५५५ ।  ०९१५२०४७०
    nsandarv@gmail.com
    सूचना विभाग दर्ता प्रमाण-पत्र न : १२०९। ०७५-०७६
    ©  2018 Nepal Sandarva  |  All rights reserved  Website By :  nwTech.
    MENU