पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशत बढाउने मन्त्रिपरिषदको निर्णय
काठमाण्डौ २१ असोज । श्रमजीवी पत्ररकारको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने सरकारले निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले श्रमजीवी पत्ररकारको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी गराए।

यसअघि श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय रहेको थियो। यो निर्णयसँगै २४ हजार ३ सय न्यूनतम पारिश्रमिक हुनेछ।
सबै श्रमजिवी पत्रकार तथा सञ्चार क्षेत्रमा काम गर्ने कर्मचारीहरुका कात्तिक १ देखि लागूहुने छ।
यस्तै मन्त्रिपरिषदले गोरखापत्र संस्थानको अध्यक्षमा वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ। गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्दै भण्डारीलाई नियुक्त गरेको हो।
यस्तै आजको मन्त्रिपरिषदले नागरिक लगानी कोषको सञ्चालकमा रामचन्द्र भट्टराईलाई नियुक्त गरेको छ।
उखु किसान र चिनिको समस्याबारे जाँचबुझ गर्न सात सदस्यीय समिति समेत मन्त्रिपरिषदले गठन गरेको छ।
"तपाईका लेख रचना र सूचना ईमेल वा सिधै फोन गरेर हामीलाइ पठाउनुस । स्रोत गोप्य राख्दै प्राथमिकताका साथ प्रकाशित गर्नेछौं।" -प्रधान सम्पादक





तपाइँको प्रतिक्रिया